Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

१७ वर्षीय नाबालिकालाई बलात्कार गरेको आरोपमा नारायणगढका दिनेश राठी पक्राउ

१७ वर्षीय नाबालिकालाई बलात्कार गरेको आरोपमा नारायणगढका दिनेश राठी पक्राउ

images

इच्छाकामना न्युज

१२, मंसिर २०८१
१७ वर्षीय नाबालिकालाई बलात्कार गरेको आरोपमा नारायणगढका दिनेश राठी पक्राउ
images

चितवन - १७ वर्षीय नाबालिकालाई बलात्कार गरेको आरोपमा नारायणगढका दिनेश राठीलाई प्रहरीले पक्राउ गरेको छ ।

गत मंसिर ७ गते राति सौराहाको एक होटलमा लगेर नाबालिकालाई बलात्कार गरेको आरोपमा भरतपुर महानगरपालिका–३ नारायणगढ बस्ने ५५ वर्षीय राठीलाई प्रहरीले मंसिर ८ गते पक्राउ गरेको हो ।

पक्राउ परेको दिनदेखि लागु हुनेगरी पाँच दिनको म्याद लिएर राठीमाथि अनुसन्धान गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक (डिएसपी) ज्ञानकुमार महतोले जानकारी दिए ।

‘१७ वर्षकी बालिकामाथि जबरजस्तीकरणी गरेको मुद्धामा राठीमाथि अनुसन्धान भइरहेको छ । पाँच दिनको म्याद लिएर अनुसन्धान गरिरहेका छौँ’, डिएसपी महतोले भने । नारायणगढमा व्यवसाय गर्दै आएका राठीले नाबालिकालाई प्रलोभन देखाएर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

images
प्रकाशित मिति :मंसिर १२, २०८१ बुधवार - १०:२५:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology