Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

८० लाख बुझाएर अमेरिका पुगेका २ नेपाली युवकको दुर्घटनामा ज्यान गयो

८० लाख बुझाएर अमेरिका पुगेका २ नेपाली युवकको दुर्घटनामा ज्यान गयो

images

इच्छाकामना न्युज

१२, मंसिर २०८१
८० लाख बुझाएर अमेरिका पुगेका २ नेपाली युवकको दुर्घटनामा ज्यान गयो
images

रुकुम । रुकुमका सुरेश केसी रोजगारीका लागि अवैध बाटो हुँदै अमेरिका पुगेका थिए भने बर्दियाका विवेक सुवेदी छात्रवृत्तिमा कम्प्युटर साइन्समा स्नातकोत्तर पढ्दै थिए रुकुम पश्चिम, बर्दिया —अमेरिकाको भर्जिनियास्थित च्यान्टिलीमा भएको कार दुर्घटनामा दुई नेपाली युवाको ज्यान गएको छ ।

कमाउनका लागि ११ महिनाअघि अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–७ औली गाउँका सुरेश केसी र पढाइका लागि छात्रवृत्ति पाएर अमेरिका पुगेका बर्दिया मधुवनका २२ वर्षीय विवेक सुवेदीको ज्यान गएको हो । उनीहरूसँगै कारमा सवार अर्का एक युवक घाइते छन् । उनको भने पहिचान खुलिसकेको छैन ।

कार चालक विजय तामाङलाई भने सामान्य चोट मात्र लागेको त्यहाँको प्रहरीले बताएको छ । स्थानीय समयअनुसार बिहीबार राति १२:३० बजे भएको कार दुर्घटनापछि प्रहरीले ३० वर्षीय चालक तामाङलाई हिरासतमा लिएको छ ।

न्युयोर्कबाट प्रकाशित हुने नेप्योर्क अनलाइनका अनुसार प्रहरीले विजयलाई मद्यपान गरी सवारी चलाउँदा दुई जनाको ज्यान गएको अभियोगमा हिरासतमा लिएर मुद्दा प्रक्रिया अगाडि बढाएको छ ।दुर्घटनामा मृत्यु भएको खबर प्राप्त भएसँगै सुरेश र विवेकको परिवार शोकमा डुबेको छ ।

अवैध बाटो हुँदै अमेरिका पुगेका आठबिसकोट नगरपालिका–७ औली गाउँका सुरेशको घरमा भेला भएका आफन्तजन बोल्न सकिरहेका छैनन् । अमेरिका जान भनेर २०७९ फागुन १८ मा घरबाट हिँडेका सुरेश २०८० पुस २० मा पुगेका थिए ।

बुबा हरिबहादुर खत्रीका अनुसार त्यहाँ पुगेर सुरेश रेस्टुरेन्टमा काम गर्थे । सधैंझैं कामबाट डेरामा फर्कने बेला कार दुर्घटना हुँदा सुरेशसहित बर्दिया मधुवनका २२ वर्षीय विवेक सुवेदीको ज्यान गएको जानकारी उनले पाएका थिए ।

images
प्रकाशित मिति :मंसिर १२, २०८१ बुधवार - ०९:५०:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology