Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

लेबनान र इजरायलबीच युद्धविराम सम्झौता, आजैदेखि लागू हुने

लेबनान र इजरायलबीच युद्धविराम सम्झौता, आजैदेखि लागू हुने

images

एजेन्सी

१२, मंसिर २०८१
लेबनान र इजरायलबीच  युद्धविराम सम्झौता, आजैदेखि लागू हुने
images

एजेन्सी - लेबनान र इजरायलबीच युद्धविराम हुने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले लेबनान र इजरायलबीच युद्धविराम सम्झौतमा सहमति भएको ह्वाइट हाउसमा पत्रकार सम्मेलन गरेर जानकारी दिनुभएको हो ।

यो सम्झौता आजदेखि लागू हुने बीबीसीले जनाएको छ । युद्धविरामका लागि अमेरिकाले लामो समयदेखि प्रयास गरिरहेको थियो । बाइडेनले ६० दिनको युद्धविराम सम्झौता प्रभावकारी हुने भन्दै युद्धको स्थायी अन्त्यको दाबी गर्नु भएको छ ।

लेबनान र इजरायलका नेताहरूले हिंसा अन्त्य गर्ने निर्णयको प्रशंसा गर्दै बाइडेनले दुवै पक्षका नागरिकहरू चाँडै सुरक्षित रूपमा आफ्नो समुदायमा फर्किन सक्ने बताउनुभएको खबरमा उल्लेख छ । उहाँले कुनै पनिस्थितिमा त्यहाँ अमेरिकी सेना संलग्न नहुने कुरामा विश्वस्त हुन आग्रह गर्नुभएको छ ।

राष्ट्रपति बाइडेनले अब गाजामा पनि युद्ध अन्त्यका लागि निरन्तर काम गरिरहने बताउनुभएको छ । यसका लागि बाइडेन प्रशासनले दबाब दिइरहने छ ।

images
प्रकाशित मिति :मंसिर १२, २०८१ बुधवार - ०९:३६:२४ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology