Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

सहकारी ठगी प्रकरणमा इन्स्पेक्टर निलम्बित

सहकारी ठगी प्रकरणमा इन्स्पेक्टर निलम्बित

images

इच्छाकामना न्युज

१२, मंसिर २०८१
सहकारी ठगी प्रकरणमा इन्स्पेक्टर निलम्बित
images

काठमाडौं । सहकारी ठगी प्रकरणमा नेपाल प्रहरीका एक जना प्रहरी निरीक्षक निलम्बनमा परेका छन्। प्रहरी प्रधान कार्यालयले इन्स्पेक्टर धर्मेन्द्र अकौलियालाई निलम्बन गरेको हो।

पुराना घटनामा फरार सूचीमा रहेकाहरुलाई खोजी गर्ने क्रममा प्रहरी वृत्त, स्वयम्भूले आफ्नै प्रहरी निरीक्षक अकौलिया पनि फरार सूचीमा रहेको फेला पारेको थियो। त्यसपछि उनलाई गएको मंसिर ४ मै जिल्ला अदालत, काठमाडौंमा बुझाएको थियो। अदालतले उनलाई १ लाख रुपैयाँ धरौटीमा छाडेको थियो।

तर, हालसम्म उनीलाई प्रहरीले निलम्बनमा राखेको काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीले बताए। प्रहरीका अनुसार, मारुती बचत तथा ऋण सहकारी संस्थाको सदस्यका रुपमा उनीविरुद्ध २०८० भदौमा जाहेरी परेको थियो। पछि मुद्दा दर्ता भएर अदालत पुगिसक्दा पनि उनी हाजिर भएका थिएनन्।

एक अधिकृतका अनुसार, सहकारीको विगो दाबी रकम पनि थोरै भएकाले आरोपीहरुले यो प्रकरणमा मिलापत्र गरिसकेका छन्।

images
प्रकाशित मिति :मंसिर १२, २०८१ बुधवार - ०८:०९:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology