Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

एनपिएल ट्रफीको विशेषता यस्तो छ ।

एनपिएल ट्रफीको विशेषता यस्तो छ ।

images

इच्छाकामना न्युज

१०, मंसिर २०८१
एनपिएल ट्रफीको विशेषता यस्तो छ ।
images

काठमाडौँ, मङ्सिर १० गते । नेपाली क्रिकेटको विकासले बिस्तारै अन्तर्राष्ट्रिय मञ्चमा पाइला टेक्दैछ ।

कमजोर संरचनाबिच दुई पटक आइसिसी टी-२० विश्वकपको यात्रा तय गरेको क्रिकेटलाई थप उचाइ दिने काम नेपाल क्रिकेट सङ्घ (क्यान) ले गरिरहेको छ ।

घरेलु क्रिकेट संरचनालाई बलियो बनाउन र खेलाडीलाई व्यावसायिक बनाउने उद्देश्यले क्यानको आयोजनामा यही मङ्सिर १५ गतेदेखि त्रिवि मैदानमा नेपाल प्रिमियर लिग (एनपिएल) को आयोजना हुँदैछ ।

विश्वका स्तरीय फ्रेन्चाइज लिगको अवधारणालाई पछ्याउन क्यानले आफ्नै अग्रसरतामा एनपिएल आयोजना गर्न लागेको हो ।

नेपालको भौगोलिक र सांस्कृतिक परिदृश्यलाई समेत समेट्ने गरी विभिन्न सहर र प्रदेशको नाममा आठ वटा फ्रेन्चाइज टोलीले एनपिएलमा प्रतिस्पर्धा गर्दैछन् ।

एनपीएलको माहौलसँगै साेमबार नेपालको सांस्कृतिक धरोहर धरहराबाट एनपिएल ट्रफीको प्रधानमन्त्री केपी शर्मा ओलीबाट अनावरण भएको छ ।

प्रधानमन्त्री ओलीले आठवटै टोलीका मार्की खेलाडीको रोहवरमा धरहरालाई साक्षी राखेर ट्रफीको अनावरण गर्नुभएको हो ।

क्यानले एनपिएललाई विश्वको सगरमाथा जस्तै उच्च बनाउन ट्रफीको टुप्पोमा सगरमाथा क्षेत्रस्थित कालापत्थरको ढुङ्गा राखेर थप महत्त्व बढाएको छ ।

ट्रफीको सार्वजनिकसँगै सामाजिक सञ्जालमा यसको चर्चा थप चुलिएको छ ।

एनपिएलका संयोजक एवं क्यानका सचिव पारस खड्काले नेपालको प्राकृतिक सम्पदा सगरमाथाको संरक्षण र प्रवर्धन गर्न विश्वमा सन्देश दिने उद्देश्यले ट्रफीमा कालापत्थरको ढुङ्गा राखिएको बताउनुभयो ।

‘‘सगरमाथाको काखमा रहेको कालापत्थरबाट ल्याइएको ढुङ्गा नै ट्रफीको मुख्य आकर्षण हो । यसले विश्व सम्पदाको सूचीमा रहेको संसारकै अग्लो सम्पदाको संरक्षण र प्रवर्धन गर्नेछ ।

साथै एनपिएलको माध्यमबाट पर्यटनमा सहयोग पुग्ने आशा राखेका छौँ,’’ पारसले भन्नुभयो । ट्रफीमा प्रयोग गरिएको ढुङ्गा पर्वतारोही निमा शेर्पा र मिङमा शेर्पाले कालापत्थर क्षेत्रबाट काठमाडौँ ल्याउनुभएको हो ।

क्यानका प्रवक्ता छुम्बी लामाकाअनुसार एनपिएल ट्रफीलाई सिम्बोलका रूपमा सगरमाथाको उचाइसरह ८८४८.८६ मिटर उचाइ दिइएको छ । करिब तीन किलो तौल रहेको ट्रफी भारतको मुम्बई सहरका कालीगढले बनाएका हुन् ।

साधारण धातु (मेटल) प्रयोग गरी बनाइएको यस ट्रफी रनिङ ट्रफीको रूपमा एनपिएलमा प्रयोग हुनेछ । क्यानले विजेतालाई यस्तै स्वरूपको प्रतिकृति (रिप्लिका) ट्रफी प्रदान गर्नेछ । क्यानले ट्रफीको लागत मूल्य भने खुलाएको छैन ।

images
प्रकाशित मिति :मंसिर १०, २०८१ सोमवार - २१:०७:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology