चितवन । चितवनको राप्ती नगरपालिका–१ रानिबासमा उम्लिएको पानीमा परेर दुई वर्षीय बालिकाको मृत्यु भएको छ ।
आइतवार बिहान ७ बजेको समयमा स्थानीय प्रकाश घलानको दुई वर्ष चार महिनाकी छोरी प्रिती घलान बाख्राको लागि भनेर उमालिएको पानीमा परेकी थिइन् ।
उम्लिएको पानीमा परेर घाइते भएकी प्रितीलाई उपचारको लागि आइतवार बिहान ११ः२० बजे भरतपुर अस्पताल ल्याइएको थियो ।प्रितीको उपचारको क्रममा आइतवार बिहान ११ः४५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।