Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

कोरियामा ३३ हजार विदेशी श्रमिक ल्याउन अनुमति

कोरियामा ३३ हजार विदेशी श्रमिक ल्याउन अनुमति

images

इच्छाकामना न्युज

९, मंसिर २०८१
कोरियामा ३३ हजार विदेशी श्रमिक ल्याउन अनुमति
images

काठमाडौं— कोरिया सरकारले निजी रोजगारदातालाई ३३ हजार ८ सय ३ जना विदेशी श्रमिक भर्ना गर्न अनुमति दिएको छ ।

कोरियाको श्रम तथा रोजगार मन्त्रालयले थप श्रमिक भित्राउनको लागि श्रोत देशबाट ल्याउने श्रमिकको कोटा छुटाएको हो । रोजगारदाताले आफूलाई चाहिने श्रमशक्ति कोरियन नागरिक नभेट्टाएमा मात्रै श्रोत देशबाट ल्याउन पाइनेछ ।

कोरियाले २०२४ मा मात्रै विदेशी श्रमिक ल्याउनको लागि ५ औं पटक श्रमिक संख्या निर्धारण गरेको हो । जसअनुसार उत्पादन क्षेत्रतर्फ २० हजार एकसय ३४, सेवा क्षेत्र तर्फ ५ हजार ५८, कृषि तथा पशुपालन क्षेत्र तर्फ तीन हजार ६ सय ४८, माछापालन तर्फ दुई हजार दुई सय ४९ जना, निर्माण क्षेत्रमा एक हजार चारसय १४, र पानी जहाज क्षेत्रको लागि एक हजार तीन सय जना छुट्टाइएको छ ।

यसरी छुट्टाएको कोटामा रोजगारदाताले नेपाल सहित श्रोत देशले रोष्टरमा राखेको सूचीबाट श्रमिक छनोट गर्नेछ ।

images
प्रकाशित मिति :मंसिर ९, २०८१ आइतवार - २२:२८:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology