Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

नारायणगढ–मुग्लिन सडकमा ट्रक दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते

नारायणगढ–मुग्लिन सडकमा ट्रक दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते

images

इच्छाकामना न्युज

९, मंसिर २०८१
नारायणगढ–मुग्लिन सडकमा ट्रक दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते
images

भरतपुर —नारायणगढ–मुग्लिन सडकखण्डको नौकिलोमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

तीन जना घाइते भएका छन् । नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३ ००१ ख ३४९० नम्बरको ट्रक आइतबार बेलुका पौने ७ बजेतिर इच्छाकामना गाउँपालिका-६ नौकिलोमा सडक किनारमा पल्टिएको हो ।

चामल बोकेको ट्रक पल्टिँदा च्यापिएर दुई जनाको मृत्यु भएको र तीन जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मृत्यु हुनेको सनाखत भइसकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :मंसिर ९, २०८१ आइतवार - २२:१७:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology