रत्ननगर : पूर्वी चितवनको कालिका नगरपालिकाका सुकुमबासी समुदायको समग्र विकासको लागि सञ्चालित परियोजनाले गरेको काम र उपलब्धिको वार्षिक समीक्षा तथा लेखाजोखा कार्यक्रम आयोजना गरिएको छ । नगरपालिकाससंगको सहकार्यमा लुमन्ती आवासका लागि सहयोग समुहले समुदायको अगुवाईमा सामाजिक तथा आर्थिक रुपान्तरणको सामुदायिक सवलीकरण परियोजनाले गरेका कामहरुको प्रगति समीक्षा गरिएको हो । एक बर्ष अघि सुरु भएको परियोजना अन्तर्गत नगरभित्रका १० वटा सुकुमबासीबस्तीका समुदायको शसक्तिकरण,चेतनाको विकास, सरसफाई तथा पूर्वाधार निर्माणको गरिएको लुमन्तीका कार्यक्षेत्रसंयोजक सिंहबहादुर लामाले जानकारी दिए । लुमन्तीले सुकुमबासी समुदायको विकाससंगै प्रकोग जोखिम न्यूनीकरण र जलबायु परिर्वतनको असर न्यूनीकरणमा समेत काम गरिरहेका उनले बताए ।