Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

यू–१९ एसिया कपका लागि नेपाली टोली घोषणा

यू–१९ एसिया कपका लागि नेपाली टोली घोषणा

images

इच्छाकामना न्युज

९, मंसिर २०८१
यू–१९ एसिया कपका लागि नेपाली टोली घोषणा
images

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले आगामी शुक्रबारदेखि यूएईमा सुरु हुने यू–१९ एसिया कपका लागि नेपाली राष्ट्रिय टोली घोषणा गरेको छ । एसियन क्रिकेट परिषद् ९एसीसी०को आयोजनामा हुने उक्त प्रतियोगिताका लागि क्यानले आज ९आइतबार० हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । केही दिनअघि भारतको कनार्टक यू–१९ सँगको पाँच खेलको सिरिजको प्रदर्शनका आधारमा अन्तिम टोली तयार गरिएको हो । उक्त सिरिज नेपाली टोलीले ३–२ ले जितेको थियो ।

टोलीमा हेमन्तसँगै अर्जुन कुमाल आकाश त्रिपाठी, उत्तम रङ्गु थापा मगर, मयन यादव, नरेन साउद, युनिसविक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विक, विपिन महतो, अप्राजित पौडेल, अभिषेक तिवारी र रन्जित कुमार रहेका छन् । क्यानले पूर्वराष्ट्रिय खेलाडी शक्ति गौचनलाई टोलीको प्रमुख प्रशिक्षक र धीरेन्द्र चन्दलाई सहायक प्रशिक्षकको जिम्मेवारी दिएको छ । एसिया कप प्रतियोगिता मंसिर १४ देखि २३ गतेसम्म हुनेछ । एसिया कपमा नेपालको पहिलो खेल मंसिर १४ गते श्रीलंकासँग रहेको छ । नेपालले दोस्रो खेलमा मंसिर १६ गते बंगलादेशको सामना गर्नेछ । यस्तै नेपालले अन्तिम खेल मंसिर १८ गते अफगानिस्तानसँग खेल्नेछ । प्रतियोगितामा एसियाका आठ देशले सहभागिता जनाउँदै छन् । खेल ५० ओभरको हुनेछ ।

images
प्रकाशित मिति :मंसिर ९, २०८१ आइतवार - १६:२९:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology