Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चितवनमा किम्बूका बिरुवाको माग घट्यो

चितवनमा किम्बूका बिरुवाको माग घट्यो

इच्छाकामना न्युज

९, मंसिर २०८१
चितवनमा किम्बूका बिरुवाको माग घट्यो
images

चितवन : किम्बू नर्सरीका बिरुवाको माग घटेसँगै व्यावसायिक किट विकास फार्म भण्डाराले बिरुवा उत्पादन घटाएको छ । कार्यालयका अनुसार गत वर्ष छ लाख बिरुवा बिक्री वितरण गरेकामा यस वर्ष तीन लाख बिरुवा लगाउने तयारी गरिएको हो ।

images
images
 

उहाँले भन्नुभयो, “रेशम खेतीका लागि बढी मात्रामा बिरुवा जाने गथ्र्यो । अहिले रेशम खेती नभएपछि बिरुवा कम उत्पादन गर्न लागिएको हो ।” अघिल्लो वर्ष किसानले माग गरेर पनि लिन नआएपछि बिरुवा उत्पादन कम गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

अहिले पशुचोपायलाई खुवाउने घाँसको रुपमा मात्र किम्बूको बिरुवा लगाउने गरिएको क्षेत्रीले बताउनुभयो । उहाँका अनुसार पहिलापहिला एक लाख बिरुवा लैजाने किसानले अहिले एक हजार मात्रै लाने गरेका छन् । माग बढ्न नसेपछि बिरुवा उत्पादनको लक्ष्य घटाइएको उहाँको भनाइ छ ।

रोजगारीको शिलशिलामा युवाशक्तिहरु बिदेश पलायन हुनु र रेशम खेती विस्थापित हुनुले किम्बूका बिरुवाको माग घटेको क्षेत्रीले जानकारी दिनुभयो । गत वर्ष पाँच हेक्टर क्षेत्रफलमा किम्बुको बिरुवा उत्पादन गरिएकामा अहिले क्षेत्रफल घटेर तीन हेक्टरमा मात्र बिरुवा लगाउन थालिएको उहाँले बताउनुभयो ।

सुरुवातमा चितवनको माडी, दोलखा, रामेछाप, धनकुटा, भोजपुर, सिन्धुलीलगायत जिल्लामा व्यावसायिक रूपमा रेशम खेती हुने गरेको थियो । अहिले रेशम खेतीमा आकर्षण घट्दै गएको पाइएको क्षेत्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “कोकन दिने समयमा रेशम किरा मर्ने, बजार भाउ नपाउने हुँदा यसतर्फ आकर्षण घट्दै गएको हो ।” अहिले फार्मले च्याउको बिउ उत्पादन, धानको मुल बिउ उत्पादनलगायत काम पनि सुरु गरेको छ । – रासस

images
प्रकाशित मिति :मंसिर ९, २०८१ आइतवार - १६:०२:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology