Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आज प्रथम शहिद लखन थापा १४५ औं स्मृति दिवसः शहिद लखन गाउँपालिकाले दियो सार्वजनिक विदा

आज प्रथम शहिद लखन थापा १४५ औं स्मृति दिवसः शहिद लखन गाउँपालिकाले दियो सार्वजनिक विदा

इच्छाकामना न्युज

२, फाल्गुण २०७७
आज प्रथम शहिद लखन थापा १४५ औं स्मृति दिवसः शहिद लखन गाउँपालिकाले दियो सार्वजनिक विदा
images

घैरुङ, २ फागुन । जहानियाँ राणशासनको विरुद्ध नागरिकलाई संगठित गरि समानान्तर सरकार बनाएर चुनौति दिने प्रथम शहिद लखन थापा मगर र उनका सहयोगी जैसिंङ चुमी मगरको १४५ औं स्मति दिवस आज। यहि अवसरमा गोरखाको शहिद लखन गाउँपालिकाले गाउँपालिकाभर सार्वजनिक विदा दिएको छ। 
यस्तै गाउँपालिकाले सोहि अवसरमा आज विविद्य कार्यक्रम गरि प्रथम शहिद लखन थापा मगर र उनका सहयोगी जैसिंङ चुमी मगरको १४५ औं स्मति दिवस मनाउने तयारी गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जीवन आले मगरले जानकारी दिएको छ। शहीद लखन थापा जन्मेको तथा शदाहत प्राप्त गरेको स्थल शहीदलखन गाउँपालिका ७ काउले भँगारमा स्मृति दिवस समारोह गर्न लागिएको  आलेले बताए।
सोही औपचारिक समारोहका बीच गाउँपालिकाका नौवटा वडाका बालीतर्फका र पशुपालनतर्फका एक/एक जना गरी १८ जना उत्कृष्ट किसानलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । त्यस्तै तिनै १८ जनामध्य बालीतर्फका र पशुपालनतर्फका सर्वोत्कृष्ट एक/एक जना कृषकलाई पनि पालिकास्तरको सर्वोत्कृष्ट कृषक घोषणा गरी पुरस्कृत गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए।
साथै सोही अवसरमा प्रथम शहीद लखन थापाका सहयोद्धा तथा विभिन्न कालखण्डमा शहादत पाएका तथा बेपत्ता पारिएकाहरु गरी १२ जनाको परिबारलाई सम्मान गर्ने कार्यक्रम रहेको पालिकाले जनाएको छ।

images
images

images
प्रकाशित मिति :फाल्गुण २, २०७७ आइतवार - ०८:३८:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology