पेसावर —पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा भएको साम्प्रदायिक झडपमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ ।
सुरक्षा अधिकारीका अनुसार खैबर पख्तुन्ख्वा प्रान्तमा भएको झडपमा ४७ जना घाइते भएका छन् ।
पाकिस्तानको सोही क्षेत्रमा दुई दिनअघि भएको साम्प्रदायिक झडपमा कम्तीमा ४३ जनाको ज्यान गएको थियो । 'शिया र सुन्नी समुदायबीच विभिन्न स्थानमा लडाइँ जारी छ ।
पछिल्लो रिपोर्टअनुसार १४ सुन्नी र १८ शियासहित ३२ जनाको मृत्यु भएको छ,' एक प्रशासनिक अधिकारीलाई उल्लेख गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।
एक समय अर्धस्वायत्त क्षेत्र रहेको कुर्रम जिल्लाका केही सुन्नी स्थानहरूमा शिया मुसलमानहरूले शुक्रबार साँझ आक्रमण गरेका थिए, जहाँ साम्प्रदायिक हिंसाका कारण वर्षौंदेखि सयौंको मृत्यु भएको छ।