५ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टोली काठमाडौं गुर्खाजले इंग्ल्याण्डका लेग-स्पिनर नाथन सोटरलाई टोलीमा अनुबन्ध गरेको छ । टी-२० ब्लास्ट सहित इंग्लिस घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गर्दै आएका सोटरले आफ्नो किफायती बलिङमार्फत खेल नै परिवर्तन गर्न सक्ने क्षमता राख्छन् । उनको आगमनले टिमको बलिङ आक्रमण थप बलियो भएको टोलीले जनाएको छ ।