Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

भरतपुरको भेटेरेनरी अस्पताल व्यवस्थित बनाइँदै

भरतपुरको भेटेरेनरी अस्पताल व्यवस्थित बनाइँदै

इच्छाकामना न्युज

१, फाल्गुण २०७७
भरतपुरको भेटेरेनरी अस्पताल व्यवस्थित बनाइँदै


भरतपुर, फागुन १। चितवनको भरतपुरको भेटेरेनरी अस्पताललाई व्यवस्थित बनाइने भएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा छुट्टै व्यवस्थित मिनी अस्पताल बनाउन लागिएको हो । पशु सेवा विज्ञ केन्द्रभित्र नयाँ स्वरुपको भेटेरेनरी अस्पताल सञ्चालनका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको छ । भेटेरेनरी अस्पताल तथा पशुरोग विज्ञ केन्द्रका प्रमुख डा दयाराम चापागाईँका अनुसार केन्द्रमा नै रहेको पुरानो भवनलाई मर्मत गरेर थप व्यवस्थित भेटेरेनरी अस्पताल बनाउन लागिएको हो । उक्त अस्पताल यही फागुनको अन्तिमसम्ममा सञ्चालनमा आउन लागेको उहाँले जानकारी दिनुभयो । भेटेरेनरी अस्पतालका लागि रु २६ लाख बजेट विनियोजन भएको छ ।अस्पतालमा उपचारकक्षसहितको प्रयोगशाला अल्ट्रासाउण्ड प्रयोगमा ल्याउनुका साथै एक्सरे मेसिन पनि राखिने जनाइएको छ । केन्द्रभित्रै रहेको भवनमा बन्न लागेको उक्त भेटेरेनरी अस्पतालमा रोग पहिचान गर्नेलगायत व्यवस्थित तालिम हल पनि निर्माण गरिनेछ । गत वर्ष सरकारद्वारा केन्द्रमा उपलब्ध गराएका सामग्रीलाई नै परिचालन गरी अस्पतालको सेवालाई थप व्यवस्थित एवं प्रभावकारी बनाइने छ ।“सामान्यरूपमा अहिले केन्द्रले पशुको गोबर र दूध परीक्षण गर्दै आएकामा अब अस्पताल बनेपछि थप सेवासुविधा दिनेछौँ”, उहाँले भन्नुभयो । साथै अस्पताल बनेपछि पशु औषधिको प्रभावकारिता पनि परीक्षण हुनेछ । पशुलाई कस्तो औषधि दिने, कसरी खुवाउने भन्नेबारेमा पनि जानकारी दिने प्रमुख डा चापागाईँले बताउनुभयो ।पशुपालन क्षेत्रको व्यवसायीकरण तथा पशु स्वास्थ्य सेवामा निरन्तर लागेको केन्द्रले पछिल्लो समय कृषक तथा पशुपालन व्यवसायीको हितमा काम गरिरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “केन्द्रले किसानको सेवा, सुविधाका लागि थप सामान पनि माग गरेको छ ।” केन्द्रले रगत परीक्षण र जीवाणु परीक्षणको लागि मेसिनको माग गरेको उहाँले भन्नुभयो । रासस

images

 

images
प्रकाशित मिति :फाल्गुण १, २०७७ शनिवार - १९:३४:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology