जलविरे । मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ६ जलविरेमा रहेको पुलमा ठुलो दुर्घटना हुनबाट एक यात्रुवाहक रात्री बस जोगिएको छ ।
आज बिहान करिब २ः३० बजेतिरको समयमा गौरबाट काठमाण्डौको लागि छुटेको ना ६ ख १५५४ नम्बरको बस आफै अनियन्त्रत भई जलविरे पुलमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा परि पुलको बार र बसमा क्षति पुगेको छ भने मानवीय क्षति नभएको प्रहरी चौकी जलविरेले जानकारी दिएको छ । प्रहरीका अनुसार बस पुलबाट खसस्न जोगिएर ठुलो मानवीय क्षति हुनबाट जोगिएको छ भने दुर्घटनाको कारणबारे अनुसन्धान भैरहेको छ । तस्वीरः इश्वर क्षेत्री