Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

गण्डकी महोत्सवमा ‘अन्डरवाटर फिस टनेल’ मुख्य आकर्षण

गण्डकी महोत्सवमा ‘अन्डरवाटर फिस टनेल’ मुख्य आकर्षण

images

इच्छाकामना न्युज

३०, कार्तिक २०८१
गण्डकी महोत्सवमा ‘अन्डरवाटर फिस टनेल’ मुख्य आकर्षण
images

कावासोती, कात्तिक २९ गते । नवलपुरको गैँडाकोटस्थित नारायणी नदीकिनारमा जारी महोत्सवमा नेपालमा पहिलोपटक ‘अन्डरवाटर फिस टनेल’ बुधबारबाट सञ्चालनमा आएको छ । महोत्सवको मुख्य आकर्षणको रूपमा रहेको अन्डरवाटर टनेलभित्र गएर माछा हेर्ने व्यवस्था गरिएको छ । 

विदेशमा गएर हेर्न पाइने अन्डरवाटर फिस टनेलमा विभिन्न प्रकारका समुद्री माछाहरू राखिएको आयोजकले जनाएको छ । महोत्सव स्थलमा ६० फिट चौडाइ तथा दुई सय फिट लम्बाइ भएको टनेलमा विभिन्न प्रकारका माछा राखेर टनेलबाट हेर्ने व्यवस्था गर्न लागिएको राजधानी एम्युजमेन्ट राइट्स नेपालका व्यवस्थापक अभय चौधरीले बताउनुभयो । नेलभित्र पानीमा राखिने माछा ६ फिटसम्मको हुने भन्दै चौधरीले ती माछाहरू चाइनाबाट ल्याइएका तथा विभिन्न रङ्ग र आकारको रहेको उहाँले बताउनुभयो ।

दोस्रो संस्करणको यस महोत्सवमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषि मेला, पुष्पमेला, अटोमेला, सूचना तथा प्रविधिहरूको प्रदर्शनी, दैनिक उपभोग्य वस्तु तथा घरायसी सामानहरू, लत्ताकपडा, शृङ्गारका सामान लगायतका तीन सयभन्दा बढी स्टलहरू रहेको महोत्सवका मूल संयोजक एवम् नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले बताउनुभयो । 

सिङ्गो गण्डकी प्रदेशलाई मेलामार्फत जोड्न तथा पर्यटन प्रवर्द्धन गर्नका लागि यो महोत्सव आफैमा महत्त्वपूर्ण भएको उहाँको दाबी छ । स्थलमा धमाधम स्टल निर्माण, विभिन्न जातजातिको सांस्कृतिक घर निर्माण गरिएको छ । कात्तिक २६ गते सुरु भएको महोत्सव मङ्सिर १० गतेसम्म सञ्चालन हुनेछ ।

एक लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको महोत्सव प्रवेशका लागि रु ८० तथा विद्यार्थीको लागि रु ५० को टिकट एवम् ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो । रु ८० को टिकट काटेर महोत्सव अवलोकन गर्ने दर्शकहरूलाई मौलाकाली केबलकारको टिकटमा ५० प्रतिशत छुट दिइनेसमेत उहाँको भनाइ छ । 

images
प्रकाशित मिति :कार्तिक ३०, २०८१ शुक्रवार - ०८:४१:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology