Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

दार्चुलामा जिप दुर्घटना: ७ जनाको मृत्यु, ६ घाइते

दार्चुलामा जिप दुर्घटना: ७ जनाको मृत्यु, ६ घाइते

images

इच्छाकामना न्युज

३०, कार्तिक २०८१
दार्चुलामा जिप दुर्घटना: ७ जनाको मृत्यु,  ६ घाइते
images

काठमाण्डौ, ३० कात्तिक । दार्चुलामा जात्रा हेरेर फर्किएका दर्शनार्थी चढेको जीप दुर्घटना हुँदा सात जनाको ज्यान गएको छ । अरु ६ जना घाइते भएका छन् ।

शैल्यशिखर नगरपालिका–६ को बकजेबलामा आज बिहान ४ बजे म १ ज ३३८ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

ज्यान गुमाउनेहरुको पहिचान खुल्न बाँकी रहेको प्रहरी कार्यालय दार्चुलामा प्रहरी निरीक्षक एवम् सूचना अधिकारी छत्रबहादुर राउतले बताउनुभयो । उहाँका अनुसार जीपमा अरु यात्रु पनि रहेको हुनसक्ने आशङ्कामा खोजी भइरहेको छ ।

स्थानीय मालिकार्जुन मन्दिरमा लागेको जात्रा हेरेर फर्किने क्रममा दर्शनार्थी चढेको जीप दुर्घटना भएको प्रहरीको भनाइ छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । थप विवरण आउन बाँकी छ । 
 

images
प्रकाशित मिति :कार्तिक ३०, २०८१ शुक्रवार - ०८:०५:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology