भरतपुर । आधारभूत विद्यालय मायाटारलाई पाँच सेट डेक्सटप कम्प्युटर हस्तान्तरण गरिएको छ ।
जर्मनी नागरिक कार्ल हेन्सहुलको सहयोगमा काठमाडौँ निवासी नारायणप्रसाद भूषाल र नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरणकेन्द्रका इन्जिनियर राजेन्द्रप्रसाद पौडेलले सहजीकरण गरेको कार्यक्रममा सो विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरिएको हो ।
सहयोगप्रति सराहना व्यक्त गर्दै विद्यालय व्यवस्थापनले बालबालिकाको कम्प्युटर अभ्ययनमा टेवा पुग्ने जनाएको छ ।