Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चितवनमा १० प्रकारका आलुको अध्ययन शुरू

चितवनमा १० प्रकारका आलुको अध्ययन शुरू

इच्छाकामना न्युज

२६, कार्तिक २०८१
चितवनमा १० प्रकारका आलुको अध्ययन शुरू
images

चितवन – चितवनमा आलुका जातको अध्ययन शुरू भएको छ । जिल्ला कृषि विकास कार्यालय चितवनले आफ्नो वार्षिक कार्यक्रमअन्तर्गत धान, मकै र आलुको उन्नत जात तथा स्वदेशी हाइब्रिड जातजातिको अध्ययन परीक्षण तथा प्रविधि अनुशरण कार्यक्रमअन्तर्गत आलुका जातहरूको अध्ययन शुरू भएको हो ।

images
images

कार्यालयका सूचना अधिकारी सुरुचि त्रिपाठीका अनुसार किसानलाई अनुदानको कार्यक्रम गर्दै आएको कार्यालयले यस वर्ष अध्ययन कार्यक्रम गरेको हो । विभिन्न १० प्रकारका आलुको अध्ययन शुरू गरिएको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले जातीय परीक्षण तथा औद्योगिक आलुको बारेमा अध्ययन शुरू भएको छ । औद्योगिक आलुका रूपमा फ्रेन्चफ्राई, चिप्सजस्ता वस्तु उत्पादनका लागि आलु चितवनमा उत्पादन गर्न सकिन्छ कि सकिँदैन भन्ने अध्ययन थालिएको उहाँले बताउनुभयो ।

एउटा जातको २५ किलो आलुका दरले किसान र रामपुर कृषि क्याम्पस खैरहनीमा अध्ययन थालिएको हो । खैरहनी नगरपालिकाका वडा नम्बर १० कठारका किसानको बारीमा आलु रोप्ने काम सकिएको छ ।

उत्पादन क्षमता हेरेर कुन आलुलाई कुन क्षेत्रमा लगाउँदा बढी प्रतिफल लिन सकिन्छ भन्ने विषयमा अध्ययन गरिने सूचना अधिकारी त्रिपाठीले बताउनुभयो ।

images
प्रकाशित मिति :कार्तिक २६, २०८१ सोमवार - १६:५१:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology