Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

कालीकोट दुर्घटना अपडेट : ज्यान गुमाउनेको सङ्ख्या सात पुग्यो

कालीकोट दुर्घटना अपडेट : ज्यान गुमाउनेको सङ्ख्या सात पुग्यो

images

इच्छाकामना न्युज

२६, कार्तिक २०८१
कालीकोट दुर्घटना अपडेट : ज्यान गुमाउनेको सङ्ख्या सात पुग्यो
images

कालीकोट, कात्तिक २६ । कालीकोट–पलाँता गाउँपालिका–३ मा हिजो आइतवार भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या सात जना पुगेको छ ।

उपचारको क्रममा सल्यान जिल्ला सारदा नगरपालिका १४ का  ५१ वर्षीय जीप चालक धनीराम रावतको ज्यान गएपछि मृतकको सङ्ख्या सात जना पुगेको कालीकोटका डीएसपी टेकबहादुर रावतले बताउनु भयो ।

यसअघि पलाँता– ६ का दसकला शाही, पदम बम, भगवती रोकाया, गणेश शाही,  पलाँता– ५ का छाँया शाही र पलाँता–३ का ६ वर्षीय बालक दमन रोकायाको भने हिजो घटना स्थलमै ज्यान गएको थियो ।

दुर्घटनामा घाइते भएकाहरुको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको कालीकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताउनु भयो ।

पलाँता गाउँपालिका–५ खिनबाट पलाँता ९ थिर्पुतर्फ जाँदै गएको क १ ज ५६ नम्बरको जीप पलाँता–३ को राडु भन्ने ठाउँमा हिजो दुर्घटना भएको हो ।

 

अन्तिम अपडेट: कात्तिक २६, २०८१

images
प्रकाशित मिति :कार्तिक २६, २०८१ सोमवार - ०९:३७:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology