Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

सिन्धुलीगढीमा शिकारी सरदार वंशु (वंश) गुरुङ स्मृति प्रतिष्ठान ढोर जस्पुरको स्मारिका ‘वंशु गुरुङ’ विमोचित

सिन्धुलीगढीमा शिकारी सरदार वंशु (वंश) गुरुङ स्मृति प्रतिष्ठान ढोर जस्पुरको स्मारिका ‘वंशु गुरुङ’ विमोचित

images

इच्छाकामना न्युज

२६, कार्तिक २०८१
सिन्धुलीगढीमा शिकारी सरदार वंशु (वंश) गुरुङ स्मृति प्रतिष्ठान ढोर जस्पुरको स्मारिका ‘वंशु गुरुङ’ विमोचित
images

सिन्धुली, २६ कार्तिक। २५७औँ सिन्धुलीगढी विजयोत्सव समारोहमा सिन्धुलीगढी युद्धका एक नायक सिकारी सरदार वंशु (वंश) गुरुङको सम्मानमा प्रकाशित स्मारिका वंशु गुरुङ विमोचन भएको छ ।

वंशुको पुख्र्यौली थलो शुक्लागण्डकी नगरपालिका १२ ढोर जस्पुर तनहुँमा स्थापित सिकारी सरदार वंशु (वंश) गुरुङ स्मृति प्रतिष्ठानले प्रकाशन गरेको स्मारिका कमलामाई नगरपालिकाका मेयर उपेन्द्रकुमार पोखरेल र प्रमुख जिल्ला अधिकारी लिलाप्रसाद शर्माले संयुक्त रूपमा विमोचन गरेका हुन् ।

कमलामाई नगरपालिकाले सिन्धुली गढी विजयोत्सवको अवसरमा कात्तिक २४ गते सिन्धुलीगढीमा आयोजित समारोहमा सो स्मारिका विमोचन गरिएको थियो ।

स्मारिका बिमोचन गर्दै नगर प्रमुख पोखरेलले सिन्धुलीगढीमा गोर्खाली सेनाले कम्पनी सरकारको सेनालाई पराजित नगरेको भए हामीले नेपाली भनेर गर्व गर्न पाउने अवस्था बन्थ्यो वा बन्दैनथ्यो केही भन्न नसकिने भन्दै सिन्धुलीगढीका सेना नायकहरूलाई राज्यले उचित सम्मान दिनुपर्ने बताए ।

उनले सिकारी सरदार वंशु गुरुङ स्मृति प्रतिष्ठानका अध्यक्ष क्या. लालजङ गुरुङसहित सदस्यहरु करिब एक दशकबाट सिन्धुलीगढी विजयोत्सव कार्यक्रममा सहभागिता जनाउँदै आएकोसमेत स्मरण गरे ।

सिकारी सरदार वंशु गुरुङ स्मृति प्रतिष्ठानका अध्यक्ष लालजङ गुरुङले प्रतिष्ठानलाई आयोजक कमलामाई नगरपालिकाबाट वर्सेनि कार्यक्रममा औपचारिक निम्तो आउने गरेकोमा गर्व व्यक्त गर्दै तनहुँको ढोर जस्पुरमा सिकारी सरदार वंशु गुरुङको शालिक स्थापना गरिएको जानकारी दिए ।

उनले प्रतिष्ठान दोस्रो स्मारिका प्रकाशन गर्न सफल भएको भन्दै अब आफूहरूको माग सिकारी सरदार वंशु गुरुङसहित सिन्धुलीगढी युद्धका सेना नायकहरूलाई राष्ट्रिय विभूति घोषणा रहेको बताए ।

 
 

images
प्रकाशित मिति :कार्तिक २६, २०८१ सोमवार - ०९:२९:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology