Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

नारायणगढ–मुग्लिन सडक दुर्घटना अपडेट : मृतकको संख्या पाँच पुग्यो

नारायणगढ–मुग्लिन सडक दुर्घटना अपडेट : मृतकको संख्या पाँच पुग्यो

images

इच्छाकामना न्युज

२३, कार्तिक २०८१
नारायणगढ–मुग्लिन सडक दुर्घटना अपडेट : मृतकको संख्या पाँच पुग्यो
images

वसन्त पराजुली

नारायणगढ, कात्तिक २३ गते ।  नारायणगढ मुग्लिङ सडकको सत्रकिलोमा भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । चितवन मेडिकल कलेजमा उपचार गराइरहेका थप एक घाइतेको शुक्रवार बिहान मृत्यु भएपछि सो दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको हो । 

चितवन मेडिकल कलेजमा उपचार गराइरहेका विद्युतीय गाडीका चालक चितवन खैरहनी नगरपालिका वडा नम्बर ४ का ४० वर्षीय अनोज अधिकारीको उपचारकै क्रममा मृत्यु भएको चितवनका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो । घाइते भए लगत्तै चितवन मेडिकल कलेजमा ल्याएर उहाँकाे उपचार गरिएको थियो । 

भरतपुर महानगरपालिका वडा नम्बर २९ सत्रकिलोमा शुक्रवार बिहान ३ बजे मुग्लिङबाट  नारायणगढतर्फ आउँदै गरेको बा.प्र. ०६–००१ज ०२९८ नम्बरको  विद्युतीय गाडी र नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ख २८१२ नम्बरको को बस एक आपसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमध्ये तीन जनाको  अझै  सनाखत हुन सकेको छैन । मृतक एक जना गोरखा आरुघाटका ४० वर्षीय राजबहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ । 

विद्युतीय सवारी साधनमा सवार गर्ने नाम वतन नखुलेका एक जना घाइतेको अहिले पनि चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उहाँकाे अवस्था पनि गम्भीर भएको प्रहरीले जनाएको छ । विद्युतीय गाडीमा रहेका ६ यात्रुमध्ये उनी मात्रै अब एक बाँकी हुन् । 

दुर्घटनामा परेका बसमा रहेका यात्रुहरू भने उपचारपछि फर्किएका छन् । उहाँकाे अवस्था सामान्य रहेकाले डिस्चार्ज गरिएको बताइन्छ । दुर्घटना के कारणले भयो अझै यकिन कारण खुल्न सकेको छैन । प्रहरी उपरीक्षक मिश्र भने माइक्रोका चालक निदाएको हुनसक्ने अनुमान गर्नुहुन्छ  । “छ जना यात्रु बोकेर आएको विद्युतीय गाडी  गलत बाटाेमा भएको देखिन्छ । चालकसहित पाँच जना मर्ने यही साधनका हुन्”, उहाँले भन्नुभयो, “हाम्रो प्रारम्भिक अध्ययनले चालक निदाएका हुन् कि भन्ने देखाएको छ । अन्य कुरा अध्ययनबाट खुल्ला ।”

उहाँले विद्युतीय गाडीका यात्रुहरू  प्रमाणका रूपमा नभएपछि यसको यकिन कुरा बाहिर आउन पनि गाह्राे हुने बताउनुभयो । 

 

images
प्रकाशित मिति :कार्तिक २३, २०८१ शुक्रवार - १२:१९:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology