Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

मिस तमूस्यो प्रतियोगीताको आयोजना प्रति तमू (गुरुङ) विद्यार्थीको विरोध, निकाले विज्ञप्ती

मिस तमूस्यो प्रतियोगीताको आयोजना प्रति तमू (गुरुङ) विद्यार्थीको विरोध, निकाले विज्ञप्ती

इच्छाकामना न्युज

२३, कार्तिक २०८१
मिस तमूस्यो प्रतियोगीताको आयोजना प्रति तमू (गुरुङ) विद्यार्थीको विरोध, निकाले विज्ञप्ती
images

कुनै जानकारी विना नै मिस तमूस्यो (मिस गुरुङ) सौन्दर्य प्रतियोगीताको आवेदन खुलाएको भन्दै नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धींले आपत्ती जनाएको छ ।

images
images

SK entertainment नामक संस्थाले मिस एण्ड मिसेस गुरुङ्ग २०२५ सिजन–४ को आवेदन खुलाएको भन्दै विहिबार एक प्रेस विज्ञप्ती मार्फत आपत्ती जनाएको हो ।

वि.सं. २०५४ सालदेखि नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धीले मिस तमूस्यो (मिस गुरुङ) सौन्दर्य प्रतियोगिता गर्दै आएकोले प्रतियोगीताको सम्पूर्ण अधिकार आफ्नो संस्थाको हुने भएकोले खुल्ला गरिएको आवेदन तुरुन्त बन्द गर्न अनुरोध गर्दछौं संस्थाका महासचिव पवन तमूद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा भनिएको छ ।

आवेदन बन्द गर्न अनुरोध गर्दा पनि अटेर गरि बन्द नगरेमा भोली आइपर्ने सम्पूर्ण घटना परि घटनाको जिम्मेवारी सम्बन्धित पक्ष हुने पनि विज्ञप्तीमा भनिएको छ ।

images
प्रकाशित मिति :कार्तिक २३, २०८१ शुक्रवार - ०७:३६:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology