Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

भरतपुरमा बोलेरो गाडीले मोटरसाइकल र स्कुटरलाई ठक्कर दिदा मुग्लिनका विन्दु गुरुङको ज्यान गयो, सोजन शेरचन गम्भीर घाइते

भरतपुरमा बोलेरो गाडीले मोटरसाइकल र स्कुटरलाई ठक्कर दिदा मुग्लिनका विन्दु गुरुङको ज्यान गयो, सोजन शेरचन गम्भीर घाइते

इच्छाकामना न्युज

२२, कार्तिक २०८१
भरतपुरमा बोलेरो गाडीले मोटरसाइकल र स्कुटरलाई ठक्कर दिदा मुग्लिनका विन्दु गुरुङको ज्यान गयो, सोजन शेरचन गम्भीर घाइते
images

चितवन । चितवनको भरतपुर २४ स्थित लक्ष्मण चोकमा बोलेरो गाडीले स्कुटर र मोटर साइकल ठक्कर दिदा इच्छाकामना ५ मुग्लिनकी ३७ वर्षीया रामकुमारी गुरुङ `विन्दु´को ज्यान गएको छ । सोही दुर्घटनामा परि मुग्लिनकै यो ३१ वर्षिय सोजन शेरचन गम्भीर घाइते भएका छन् ।

images
images

IMG_20241107_134537.jpg

आज करिब पौने ११ बजे तिरको समयमा भरतपुर महनगरपालिका २४ लक्ष्मणचोक मा प्र ३-०१-०२४च ४९९३ नं. को बोलेरोले बा.प्र.०३-००१ प ३६५६ नं.को मोटरसाइकल र प्रदेश ३-०३-००१प ८८८२ नं. को स्कुटरलाई ठक्कर दिदा ३ जना घाईते एका थिए । घाइते भएका उनिहरुलाई उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुर तर्फ पठाईएकोमा स्कुटरमा सवार महिला `विन्दु´को ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

FB_IMG_1730964418695.jpg

यस्तै सोही दुर्घटनामा परी स्कुटर चालक सोजन सेरचन गम्भीर घाइते भएको र मोटरसाइकल चालक चितवन भरतपुर म.न.पा.२४ बस्ने बर्ष ३१ को हरिशरण थापा मगर मध्यम घाइते भएको साथै शेरचनको हाल चितवन मेडिकल कलेज र मगरको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भई रहेको प्रहरीले बताएको छ।

हाल ३ वटै सवारी साधन र बोलेरो चालक जिल्ला गैडकोट न.पा.४ बस्ने बर्ष ३४ को राम खनाल प्रहरीको नियन्त्रणमा रहेको प्रहरिले जनाएको छ।

१.मृतकः-स्कुटरमा सवार जिल्ला चितवन ईच्छाकामना गा.पा.५ बस्ने बर्ष ३७ की राम कुमारी गुरुङ ।

२.स्कुटर चालक जिल्ला चितवन ईच्छाकामना गा.पा.५ बस्ने बर्ष ३१ को सोजन शेरचन गम्भिर ।

३.मो.सा.चालक जिल्ला चितवन भरतपुर म.न.पा.२४ बस्ने बर्ष ३१ को हरिशरण थापा मगर मध्यम ।

images
प्रकाशित मिति :कार्तिक २२, २०८१ बिहिवार - १३:५८:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology