Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

छठ पर्वको दोस्रो दिन : आज खरान विधि गरिँदै

छठ पर्वको दोस्रो दिन : आज खरान विधि गरिँदै

images

इच्छाकामना न्युज

२१, कार्तिक २०८१
छठ पर्वको दोस्रो दिन : आज खरान विधि गरिँदै
images

ढल्केवर(धनुषा) : छठ पर्वको दोस्रो दिन आज खरना विधि गरिँदैछ । सत्य र अहिंसा प्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईबासीको महान् चाड छठ मंगलबारबाट विधिवत् रुपमा सुरु भएको हो ।

कात्तिक शुक्लपक्षमा चार दिनसम्म मनाइने छठपर्वको तराई-मधेसमा यतिबेला अलग्गै रौनक छाएको छ । छठपर्व मनाउनेहरु पोखरी, नदी, तलाउलगायतका जलाशयहरुलाई सरसफाई गरी सजावट गर्नमा व्यस्त छन् । जलाशयहरूलाई दुलही झैं सिंगारिने काम भइरहेको छ ।

छठपर्वको पहिलो दिन मंगलबार नहायखाय विधि सम्पन्न गरिएको छ । कात्तिक महिनाको शुक्ल पक्षको चतुर्थी तिथिका दिन बिहान ब्रतालुहरुले बिहानै नहायखाय विधि अर्थात नुहाएर खाएका थिए । त्यो दिन ब्रतालुहरुले नुहाइ धुवाइ गरि चोखो भइ प्याज र लसुनसमेत नमिसाइएको शुद्ध शाकाहारी भोजन ग्रहण गर्छन् ।

कात्तिक शुक्लपक्षको पञ्चमी तिथि अर्थात् पर्वको दोस्रो दिन आज खरना विधि गरिँदैछ । खर्नाका दिन ब्रतालु महिला र पुरुषहरुले दिनभरि उपवास बसेर साँझ दूध, चामल र सख्खर हालेर पकाइएको खिर, केरालगायत विभिन्न फलफूल तथा मिठाइ सजाएर छठ देवतालाई आगमनको निम्तो दिँदै कुल देवताको पूजा गरिसकेपछि व्रतालुसहित घरपरिवारका सबै सदस्य त्यही सामग्री प्रसादका रूपमा ग्रहण गर्छन् । यसरी खरना विधि सम्पन्न हुन्छ ।

त्यस्तै षष्ठी तिथि अर्थात् पर्वको तेस्रो दिन अस्ताउँदो सूर्य र सप्तमी तिथिमा उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व विधिवत रुपमा समापन हुन्छ । अत्यन्तै निष्ठा र कठोर पर्वको रुपमा मानिने छठमा ब्रतालुहरु खरनाको दिनदेखि निराहार ब्रत बस्छन् ।

images
प्रकाशित मिति :कार्तिक २१, २०८१ बुधवार - ०९:२९:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology