Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

नेपाल र स्कटल्यान्डबीचको खेल रद्द

नेपाल र स्कटल्यान्डबीचको खेल रद्द

images

इच्छाकामना न्युज

२०, कार्तिक २०८१
नेपाल र स्कटल्यान्डबीचको खेल रद्द
images

काठमाडौँ — आईसीसी मेन्स क्रिकेट वर्ल्डकप क्रिकेट लिग–टुको नेपाल र स्टकल्यान्डबीचको खेल मंगलबार रद्द भएको छ । आँधीहुरीको सम्भावनाबीच खेल रद्द गरिएको हो ।

खेल नहुँदा प्रतियोगितामा कमजोर सावित भएको नेपाललाई एक अंक राहतमा प्राप्त भएको छ । वर्षाले खेल रोकिन अगाडि नेपाल एक विकेट गुमाएर २६ रनको स्थितिमा थियो । टस जितेर स्कटल्यान्डले पहिले बलिङको निर्णय गरेको थियो ।

यसक्रममा ६ ओभरको खेल मात्रै सम्भव भएको थियो । त्यसमा नेपाली ओपनर अनिल साह १९ बलमा १० रन बनाएर ब्राड करीको बलमा एलबीडब्लू भए ।नटआउट रहेका दुई ब्याटरमध्ये अर्का ओपनर आसिफ सेखले ९ रन बनाए भने कुशल भुर्तेलले खाता पनि खोलेनन् । नेपाल १२ खेलबाट ८ अंक मात्र बटुलेर आठ टिममध्ये सातौं स्थानमा छ । स्कटल्यान्ड भने ११ खेलबाट १४ अंकसहित तेस्रो स्थानमा छ ।

images
प्रकाशित मिति :कार्तिक २०, २०८१ मंगलवार - ०९:१३:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology