Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

भरतपुरमा तीन जना सवार मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा चार जना घाइते

भरतपुरमा तीन जना सवार मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा चार जना घाइते

इच्छाकामना न्युज

१९, कार्तिक २०८१
भरतपुरमा तीन जना सवार मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा चार जना घाइते
images

चितवन । भरतपुर महानगरपालिका–९ को वडा कार्यालय अगाडि आइतवार मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा चार जना घाइते भएका छन् । आइतवार साँझ ७ बजेको समयमा प्रदेश१–०२–०४६ प ८९७४ नम्बरको मोटरसाइकल र प्रदेश२–०२–००५ प ६२३० नम्बरको स्कुटर आपसमा ठोक्किएका हुन् ।

images
images

दुई सवारी साधन आपसमा ठोक्किए दुर्घटना हुँदा मोटरसाइकल चालक बारा घर भई हाल भरतपुर–९ बस्ने वर्ष ३२ को रमेश शाह, मोटरसाइकल पछाडि सवार चालकको श्रीमती वर्ष ३० की सोनी महतो, सोहि मोटरसाइकल पछाडि सवार चालकको छोरा वर्ष ८ को रिदम शाह घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए । उनीहरुको नारायणी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

स्कुटर चालक भरतपुर–९ बस्ने वर्ष २० को ईसान दुरा सामान्य घाइते भएको प्रहरीले बताएको छ ।

images
प्रकाशित मिति :कार्तिक १९, २०८१ सोमवार - १०:२९:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology