मुग्लिन । नेपालीहरुको दोस्रो ठुलो चाड तिहारको अवसरमा चितवनको इच्छाकामना गाउँपालिका ५ मुग्लिनमा आज बृहत साँस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । इच्छाकामना त्रिवेणी कलाकेन्द्र इच्छाकामनाको आयोजनामा गत वर्षदेखि आयोजना हुदै आईरहेको दीपावली साँझ यस वर्ष पनि हुने भएको हो ।
यसवर्ष हुन लागेको दीपावली साँझको सम्पूर्ण तयारी पूरा भएको संस्थाका अध्यक्ष काजीमान थापाले जानकारी दिए । उनका अनुसार कार्यक्रममा कार्यक्रममा चर्चित वरिष्ठ लोकदोहोरी गायक अमर विरही गुरुङ, शित्तल गुरुङ, पृथ्वी गुरुङ, चन्द्र परियार, कमल सापकोटा, सरिता गुरुङ, तारा गदाल लगायतका स्थानीय तथा राष्ट्रिय कलाकारहरुको लाइभ दोहोरी समेत प्रस्तुत हुनेछ ।
यस्तै कार्यक्रममा संस्थाका नृत्य कलाकारहरु देवु आले, अनिसा गुरुङ, दिपेश आले लगायतका कलाकारहरुको नृत्य समेत रहने आयोजकले जनाएको छ भने कार्यक्रमको समुद्घाटन समारोहमा बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवाल प्रमुख अतिथि रहनेछ ।