Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

आँबुखैरेनीमा प्लाष्टिकका फुल र माला बिक्रीमा रोक

आँबुखैरेनीमा प्लाष्टिकका फुल र माला बिक्रीमा रोक

images

इच्छाकामना न्युज

१५, कार्तिक २०८१
आँबुखैरेनीमा प्लाष्टिकका फुल र माला बिक्रीमा रोक
images

तनहुँ १५,  कार्तिक। तनहुँको आँबुखैरेनी गाउँपालिकाले प्लाष्टिकका फूल र माला बिक्रीमा रोक लगाएको छ । प्लास्टिकजन्य पूmल तथा मालाले वातावरणीय प्रदूषण बढाउनुका साथै मानव स्वास्थ्यमा प्रतिकूल असर गर्ने भएकोले प्रतिबन्ध लगाईएको हो । 
स्थानीय किसानबाट उत्पादित फूलले बजार नपाउने तथा ठूलो धनराशी बाहिरिने भएकाले प्रयोगमा प्रतिबन्ध लगाएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो । 
गाउँपालिका फूलमा आत्मनिर्भर रहेको स्थानीय किसानले उत्पादन गरेको प्राकृतिक फूलमाला मात्र प्रयोग गर्न आग्रह गरिएको उहाँले बताउनुभयो । 
कृषललाई प्रोत्साहन गर्न फूल खेतीमा अनुदानको व्यवस्था गर्नुका साथै पालिकाका कार्यक्रममा स्थानीय माला प्रयोग गर्न थालिएको अध्यक्ष चुमानले बताउनुभयो ।
स्थानीय उत्पादनको प्रवद्र्धन र स्वास्थ्यलाई ध्यानमा राख्दै प्लाष्टिकजन्य फूल, माला उत्पादन, भण्डारण र बिक्री वितरण नगर्न आग्रह गरिएको हो । 
अध्यक्ष चुमानले स्थानीयस्तरमा फूल उत्पादनमा लागेका व्यवसायीलाई प्रोत्साहनसँगै प्लाष्टिक सामग्रीलाई निरुत्साहितका लागि प्लाष्टिकका मालालाई प्रयोग नगर्न आग्रह गरिएको बताउनुभयो ।
प्लाष्टिको फूल र माला प्रयोगमा प्रतिबन्ध  फूलखेतीमा आकर्षित गराउँदै आयआर्जनसँग जोड्ने उद्देश्यसहित निःशुल्क प्राविधिक ज्ञान, तालिम र ८५  प्रतिशत अनुदानमा बिरुवा वितरण गरिएको पालिकाले जनाएको छ । 
प्रत्येक वर्ष फूल भारतबाट आयात हुँदै आएकोमा गत वर्षदेखि उत्पादन हुन थालेपछि आत्मनिर्भर हुनुका साथै कतार निर्यात गर्न सफल भएको चुमानले बताउनुभयो । 
चुमानले भन्नुभयो, “फूल निर्यात गरी महिलाको आयआर्जन वृद्धि गर्ने लक्ष्य राखेका छौं,  त्यसैले प्लाष्टिकका माला प्रतिबन्ध लगाएका छौं ।’ 
गत वर्ष सयपत्री फूलको खेतीबाट उत्साहित भएकाले यस वर्ष पनि निरन्तरता दिइएको अध्यक्ष चुमानले बताउनुभयो । चुमानले भन्नुभयो, ‘गत वर्ष यहाँ उत्पादित फूल कतार निर्यात गरौं राम्रो मूल्य पाउँदा किसान उत्साहित भएका  छन् ।’

images
प्रकाशित मिति :कार्तिक १५, २०८१ बिहिवार - १०:१९:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology