Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

व्यावसायिक लिग खेल्न फ्रान्स गइन् साम्बा

व्यावसायिक लिग खेल्न फ्रान्स गइन् साम्बा

images

इच्छाकामना न्युज

१५, कार्तिक २०८१
व्यावसायिक लिग खेल्न फ्रान्स गइन् साम्बा
images

काठमाण्डौ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मुख्य फरवार्ड सावित्रा भण्डारी (साम्बा) व्यावसायिक लिगका लागि फ्रान्स गएकी छन् । फ्रान्सको व्यवसायिक क्लब एन अभान्टा गुएङ्ग्याम्पमा लिग खेलिरहेकी साम्बा बिहीबार बिहान त्यसतर्फ गएकी हुन् ।

घरेलु मैदानमा भएको साफ महिला च्याम्पियनसिपको सातौँ संस्करणका लागि स्वदेश आएकी साम्बा व्यावसायिक लिगका लागि पुनः फ्रान्स फर्केकी हुन्  साम्बालाई बिदाइ गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रतिनिधि बिहीबार बिहान त्रिभुवन विमानस्थल पुगेका थिए ।

घरेलु मैदानमा बुधबार सम्पन्न फाइनलमा नेपाल बंगलादेशसँग २–१ ले पराजित हुँदै छैटौँपटक उपविजेता बनेको छ ।

भारतविरुद्धको तनावपूर्ण सेमिफाइनल खेलमा बराबरी गोल फर्काउँदै साम्बाले सनसनी मच्चाएकी थिइन् । साम्बाले च्याम्पियनसिपको समूह चरणमा भुटानविरुद्धको खेल गुमाएकी थिइन् । माल्दिभ्सविरुद्धको खेलमा भने साम्बा बेन्चमा रहिन् ।

images
प्रकाशित मिति :कार्तिक १५, २०८१ बिहिवार - ०९:२२:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology