Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

आज कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन

आज कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन

images

इच्छाकामना न्युज

१५, कार्तिक २०८१
आज कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन
images

काठमाडौं, कार्तिक १५ । यस वर्ष कुकुर तिहार र लक्ष्मीपूजा आज एकै दिन परेको छ । तिहारको दोस्रो दिन आज बिहान कुकुर तिहार मनाइँदै छ । यस्तै साँझ लक्ष्मीपूजा पनि गरिने भएको छ ।

आज दिउँसो दिउँसो ३ बजेर १३ मिनेटसम्म चतुर्दशी तिथि रहेको र त्यस समयपछि औँसी लाग्ने पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । लक्ष्मीपूजा औँसीको साँझ वा रातिमा गर्ने विधान भएकाले आज नै लक्ष्मीपूजा परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताउनुभयो । यस्तै बिहान चतुर्दशी तिथि भएकाले आज बिहान भने कुकुरको पूजा गर्नुपर्ने भएको हो ।

कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरिन्छ । आजको दिन कुकुरको पूजा गरेमा यमलोक प्रवेश गर्दा यमराजको ढोकामा द्वारपाल रहेका कुकुरले बाटो छोडिदिने विश्वास गरिन्छ । पूजा गरि कुकुरलाई खाने कुरा दिइन्छ ।

आज नर्के चतुर्दशी पनि हो । आज बिहानै आकाशमा तारा हुँदै तेल लगाएर नुहाउने र नरक जानु नपरोस भन्दै नदीमा बत्ती बगाउने भएकाले आजको दिनलाई नर्के चतुर्दशी (नरक चतुर्दशी) भनिएको हो ।

यसैगरि आज साँझ लक्ष्मीपूजा गरिँदैछ । औँसीको साँझ (राति) धनकी देवी लक्ष्मीको दीपावली गरि पूजा गर्ने गरिन्छ । लक्ष्मीपूजा तिहारको सबैभन्दा महत्त्वपूर्ण पक्ष हो ।

आज घर आँगनलाई लिप्ने वा सफा गरेर ढोका तथा झ्यालमा फूल इत्यादिले सजाइन्छ । धनकी देवी लक्ष्मीले सफा भएको स्थानमा मात्र बास बस्ने विश्वास गरिन्छ । आज साँझ आँगनदेखि मूल ढोका हुँदै पूजाकोठासम्म लक्ष्मीको पाइला बनाएर बत्ती बालिन्छ । चारै तिर बत्ती बालेर दीपावली गरेपछि दीयो कलश र गणेशको पूजा गरी धनका देवता कुवेर र लक्ष्मीको पूजा गरिन्छ । विधिपूर्वक पूजा गरेमा लक्ष्मी प्रसन्न भई धन र समृद्धि प्राप्त हुने विश्वास गरिन्छ ।

images
प्रकाशित मिति :कार्तिक १५, २०८१ बिहिवार - ०८:५४:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology