Logo

बुधवार, कार्तिक २६ गते २०८३

images
२०८३, कार्तिक २६ गते
images

बलात्कार आरोपमा युवक पक्राउ

बलात्कार आरोपमा युवक पक्राउ

images

इच्छाकामना न्युज

१४, कार्तिक २०८१
बलात्कार आरोपमा युवक पक्राउ
images

गुणबहादुर रोका    
सुलीकोट, कात्तिक १४ गते ।
 गोरखामा अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा नगरपालिका–१४ का २७ वर्षीय सुनिल परियार भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक इन्द्र प्रसाद सुबेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार गत महिनाको असोज २७ गते दिउँसो १२ बजेको समयमा शारीरिक र मानिसिक रूपमा अपाङ्गता भएकी महिलालाई ललाई फकाई नजिकैको जङ्गलमा लागि बलात्कार गरेको आरोपमा पक्राउ गरिएको उहाँले बताउनुभयो ।

घटनापछि पीडित परिवारले किटानी जाहेरी दिएलगत्तै आरोपित परियारलाई कात्तिक १२ गते सोमबार पक्राउ गरी बुधबार जबरजस्ती करणी कसुर शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालत गोरखाबाट सात दिनको म्याद थपी गरी घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

images
प्रकाशित मिति :कार्तिक १४, २०८१ बुधवार - २२:५४:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology