नवलपरासी, कार्तिक १४ — राईनो कप फुटबलको उपाधि सशस्त्र प्रहरी बल (एपीएफ)ले जितेको छ । कोल्हुवामा बुधबार भएको फाइनल खेलमा एपीएफले टाइब्रेकरमा नमोबुद्ध स्पोर्ट्स क्लब सप्तरीलाई ४-२ गोलले पराजित गर्दै उपाधि जितेको हो ।
निर्धारित समयमा दुवै टिमले १-१ गोलको बराबरी खेलेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।
एपीएफका लागि दिपेश धिमाल र नमोबुद्धका लागि राम थापाले गोल गरेका थिए । जितसँगै एपीएफले ८ लाख रुपैयाँ पाएको छ भने उपविजेतामा सीमित बनेको नमोबुद्धले ४ लाख रुपैयाँ पाएको आयोजक राईनो क्लबका अध्यक्ष दोमनबहादुर भण्डारीले जानकारी दिए ।