Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

एमाले इच्छाकामनाको सबै वडाको अधिवेशन सम्पन्न, १ नं. वडाकमिटिको अध्यक्षमा महेन्द्र पुरी

एमाले इच्छाकामनाको सबै वडाको अधिवेशन सम्पन्न, १ नं. वडाकमिटिको अध्यक्षमा महेन्द्र पुरी

इच्छाकामना न्युज

१२, कार्तिक २०८१
एमाले इच्छाकामनाको सबै वडाको अधिवेशन सम्पन्न, १ नं. वडाकमिटिको अध्यक्षमा महेन्द्र पुरी
images

हात्तीवाङ । नेकपा एमालेले इच्छाकामनाको सबै वडामा वडा अधिवेशन सम्पन्न गरेको छ । आईतबार वडा नं. १ को वडाअधिवेशन सम्पन्न गरेसँगै एमालेले इच्छाकामनाको सबै ७ वटै वडामा वडाअधिवेशन सम्पन्न गरेको हो ।

images
images

462565322_1741491613293607_2640730921721147265_n.jpg

आईतबार सम्पन्न दोस्रो वडाअधिवेशनले एमाले इच्छाकामना १ को वडाकमिटि अध्यक्षमा महेन्द्र पुरी सर्वसम्मत चयन भएका छन् । यस्तै कमिटिको उपाध्यक्षमा शंख बहादुर चेपाङ, सचिवमा भिम बहादुर चेपाङ, उपसचिवमा राजन चेपाङ र अन्जु चेपाङ सर्वसम्मत चयन भएका छन् । 

462551426_590248876897463_2865974523310122198_n.jpg

एमाले इच्छाकामना १ का वडाकमिटि अध्यक्ष खेम पुरीको सभापतित्वमा सम्पन्न वडाअधिवेशन कार्यक्रममा एमालेका केन्द्रीय सदस्य एवं चितवन क्षेत्र नं. २ का इन्चार्ज कृष्णभक्त पोखरेल प्रमुख अतिथि रहनुभएको थियो भने एमाले बागमती प्रदेश कमिटि सदस्य एवं बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्ण सिलवाल विशिष्ट अतिथि रहनुभएको थियो । 

462554104_455463713725922_5492168331347309128_n.jpg

यसैगरी अतिथिको रुपमा एमाले जिल्ला कमिटि सदस्यहरु दान बहादुर गुरुङ, रुद्रप्रसाद उप्रेती, एमाले इच्छाकामना अध्यक्ष नर बहादुर नेपाल, जिल्ला समन्वय समिति प्रमुख नारायणप्रसाद अधिकारी, इच्छाकामना गाउँपालिका उपाध्यक्ष माया सिलवाल, एमाले बागमती प्रदेश कमिटिका पूर्व सदस्य प्रकाश अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

images
प्रकाशित मिति :कार्तिक १२, २०८१ सोमवार - ०९:१२:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology