Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

मादी नदीमाथि चार लेनको पुल निर्माण हुँदै

मादी नदीमाथि चार लेनको पुल निर्माण हुँदै

images

इच्छाकामना न्युज

११, कार्तिक २०८१
मादी नदीमाथि चार लेनको पुल निर्माण हुँदै
images

अमरराज नहर्की 

तनहुँ, कात्तिक ११ गते । पृथ्वी राजमार्ग अन्तर्गत पर्ने मादी नदीमाथि बन्दै गरेको चार लेनको पुल निर्माणको काम धमाधम भइरहेको छ । तनहुँ व्यास नगरपालिका–४ को दमौली बजार र वडा नम्बर ५ को चापाघाट जोड्ने यो पुल पृथ्वी राजमार्गको सबैभन्दा लामो पुल पनि हो । ३१५ मिटर लामो पुलको ४० प्रतिशत निर्माण पूरा भएको मुग्लिङ–पोखरा सडक विस्तार आयोजनाले जनाएको छ । 

आयोजनाका अनुसार पर्यटकलाई आकर्षण गर्ने हिसाबले पुल कलात्मक आर्क डिजाइन गरिएको छ । यातायात आवागमनको प्रयोगका लागि मात्रै नभई पर्यटक पनि आकर्षित गर्नु पर्छ भनेर कलात्मक डिजाइन गरिएको आयोजनाले जनाएको छ । निर्धारित समयमा पुल निर्माण गर्न तीव्र गतिमा काम भइरहेको ठेकेदार कम्पनीका साइड इन्चार्ज दिनेश श्रेष्ठले जानकारी दिनुभयो । 

श्रेष्ठका अनुसार निर्माणाधीन पुलको फाउन्डेसनको काम भइरहेको छ । हाल पानीमुनि गरिने पाइलिङ, पाइल क्याप र पिल्लरको काम पूरा गरी पानीमाथि गरिने ‘सुपर स्ट्रक्चर’ को काम पनि हुँदै छ । 

हाल रहेको दुई लेनको पुलबाट करिब ५० मिटर उत्तरतर्फ नयाँ पुल निर्माण भइरहेको र पुल निर्माणका लागि एक अर्ब २१ करोडमा ठेक्का सम्झौता भएको आयोजनाका पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो । तीन वर्षभित्र निर्माण पूरा गर्ने लक्ष्य रहेको पाण्डेले बताउनुभयो । हाल दुई लेनको पुल ३७० मिटरको छ भने अब बन्ने पुल भने चार लेनको ३१८ मिटरको हुने बताइएको छ ।   

images
प्रकाशित मिति :कार्तिक ११, २०८१ आइतवार - ०९:५७:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology