Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

इच्छाकामनाका चेपाङ र गुरुङ समुदायलाई होमस्टे सञ्चालन सम्बन्धी तालिम

इच्छाकामनाका चेपाङ र गुरुङ समुदायलाई होमस्टे सञ्चालन सम्बन्धी तालिम

इच्छाकामना न्युज

१०, कार्तिक २०८१
इच्छाकामनाका चेपाङ र गुरुङ समुदायलाई होमस्टे सञ्चालन सम्बन्धी तालिम
images

मायाटार । चितवनको पहाडी क्षेत्रमा बसोबास गर्ने सीमान्तकृत चेपाङ समुदायलाई सामुदायिक होमस्टे सञ्चालन सम्बन्धी तालिम दिइएको छ ।

images
images

इच्छाकामना गाउँपालिकाको सहकार्यमा सपना भिलेज सोसल इम्प्याक्टले इच्छाकामना गाउँपालिका वडा नं वडा नं २ घुर्केसका चेपाङ सहित विपन्न समुदायलाई होमस्टे सञ्चालन विधि, प्रक्रिया र व्यवस्थापन तालिम दिएको हो । निकट भविश्यमै सामुदायिक होटस्टे सञ्चालन गर्ने योजना सहित घुर्केसका २२ जना तालिममा सहभागी भएका थिए ।

एक दिने तालिममा सौराहामा लामो समय देखि पर्यटन व्यवसाय सञ्चालन गरिरहेका इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले सामुदायिक होमस्टे सञ्चालन विधि, प्रक्रिया र व्यवस्थापनका बारेमा सहजीकरण गरेका थिए । तालिममा होमस्टेमा निर्माणदेखि पाहुँनालाई गर्ने स्वागत, उनीहरुलाई प्रदान गर्ने सेवा सुविधा तथा स्थानीय उत्पादनको प्रयोगका बारेमा सिकाइएको अध्यक्ष गिरीले जानकारी दिए । सपना भिलेजले चेपाङ समुदायको जीवन स्तर उकास्न इच्छाकामनामा स्थानीय सरकारको सहयोगमा परियोजना सञ्चालन गरिएको छ ।

घुर्केस पछिल्लो समय चर्चामा रहेको मायाटार नजिकै रहेको चेपाङ बस्ती हो । मायाटारमा एउटा मात्र होमस्टे रहेको हुँदा बासबस्ने गरी गएका पर्यटकहरु फर्किनुपर्ने बाध्यकारी अबस्थालाई मध्यनजर गरी स्थानीय समुदायको अग्रसरतामा होमस्टे सञ्चालन गर्ने योजना सहित स्तानीयलाई तालिम प्रदान गरिएको गिरीले बताए । अध्यक्ष गिरीले घुर्केसका स्थानीय समुदायले सञ्चालन गर्ने होमस्टे निर्माणमा सपना भिलेजले पनि सहयोग गर्ने बताए । सामुदायिक होमस्टे सञ्चालनको लागि स्थानीयलाई सहयोग गर्ने कामको सुरुवात तालिमबाटै भएको छ उनले भने अब सञ्चालन र व्यवस्थान सम्मको काममा सहयोग गर्ने छौं ।

होमस्टे सञ्चालन गरी चेपाङ सहित अन्य विपन्न समुदायको जीवन स्तर उकास्ने योजना रहेको उनले जानकारी दिए । स्थानीय सरकारसंग सहकार्य गरी काम गरिरहेको भन्दै अध्यक्ष गिरी होमस्टे निर्माण र सञ्चालनको लागि स्थानीय सरकार मार्फत सहयोग गर्ने योजना रहेको बताए । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले होमस्टेबाट स्थानीय समुदायको जीवन स्तर उकास्न योजना रहेको बताए । अनुभव र लगनशिलताले मात्र व्यवसाय सफल हुने भन्दै उनले होमस्टे सञ्चालनपूर्व आधारभूत ज्ञान आर्जन हुनुपर्नेमा जोड दिए ।

images
प्रकाशित मिति :कार्तिक १०, २०८१ शनिवार - ०७:५५:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology