Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

भ्यालेन्टाईनको दिन तेजेन्द्र गुरुङ र तारा श्रीस मगरको ‘कान्छी’ आउने

भ्यालेन्टाईनको दिन तेजेन्द्र गुरुङ र तारा श्रीस मगरको ‘कान्छी’ आउने

इच्छाकामना न्युज

२८, माघ २०७७
भ्यालेन्टाईनको दिन तेजेन्द्र गुरुङ र तारा श्रीस मगरको ‘कान्छी’ आउने
images

गायक /संगीतकार तथा एरेन्जर तेजेन्द्र गुरुङ र चर्चित गायिका तारा श्रीस मगरको जादुमय स्वरमा १४ फेब्रुअरी २०२१ अर्थात भ्यालाईन्टाईन डे मा नया कौडा गीत सार्बजनिक हुने भएको छ।  घुमी घुमी बोलको गीती एल्बम " कान्छी“ “ग्लोबल नेपाल इन्टरटेनमेन्ट” बाट सार्बजनिक गरिने यसै गीतका सर्जक अमेरिका निबासी रचनाकार नायक तथा समाजसेबी प्रेम गुरुङले जानकारी दिएका छन्। 
गुरुङ मगर समुदायमा ज्यादै प्रचलित लोकभाकामा आधारित कौडा गीतमा गायक तथा संगीतकार आर .के .गुरुङको संगीत रहेको रहेक छ भने एरेन्ज यस गीतका गायक स्वयं तेजेन्द्र गुरुङले भरेका छन् । भिडियोमा गुरुङ चलचित्रका चर्चित नायक नायिका प्रेम गुरुङ ,आनन्द गुरुङ ,अनुता गुरुङ ( कान्छी ),उदयमान कलाकार मणि कमल राई ,मोहन कुमार खत्री ,गायक गायिका मिन गुरुङ ,तारा श्रीस मगर ,पुर्णिमा गुरुङ ,निता गुरुङ लगायत मिलिजुली आमा समूह ,डाँडाथोक युरी तमु समाज र राजधानी तमु समाजका आमा बाबाहरुको बेजोड प्रस्तुति देखिने छ। 
यसमा रबिन थापा मगरको छायांकन मनांग गुरुङको कोरियोग्राफी चक्र पुलामिको कृयटीभ निर्देसन नबिन बाबु गुरुङको ड्रोन फोटोग्राफी  बन्दे प्रसादको सम्पादन समिर मियाको भि.एफ .एक्स . कलर रहेको छ भने निर्देशक भुपेन्द्र गुरुङले निर्देशन गरेका छन्। 
यस गीतका निर्माता युवा ब्यवसायी तथा समाजसेबी ओमनाथ घिमिरे ज्यु  हुनुहुन्छ।  सम्पूर्ण निर्माण कार्य मोसन स्टुडियोमा भईरहेको छ भने मिडिया संयोजकको रुपमा गायक दिपेन गुरुङ हुनुहुन्छ।  “कान्छी “गीतको भिडियो उत्कृष्ट बनाउन सबैले मेहनत गरेका छन् भने कान्छी ( अनुता गुरुङ ) कसको हुन्छ ? प्रेम गुरुङ मणि कमल राई मिन गुरुङ मोहन कुमार खत्रीको के भूमिका छ भन्ने हेर्नको लागी १४ फेब्रुअरी  २०२१ सम्म प्रतिक्षा गर्नु पर्ने निर्देशक गुरुङले बताएका छन्।  
यसपछि क्रमश : प्रेम र तेजेन्द्र गुरुङ को संयुक्त युट्युव च्यानल “ग्लोबल नेपाल इन्टरटेनमेन्ट “बाट प्रेम र तेजेन्द्रको सहकार्यमा " मेरो शैलुङ गाउँ ,शैलुर्बॆ ङोल्श्यो, सागर झैँ स्वच्छ , सालैजो लगायत थुप्रै सृजनाहरु सार्बजनिक गर्दै जाने योजना रहेको श्रस्टा प्रेम गुरुङले जानकारी दिएका छन्।

images
images

images
प्रकाशित मिति :माघ २८, २०७७ बुधवार - २२:२१:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology