Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

दसैँ सकिएसँगै तनहुँका गाउँबस्ती विस्तारै सुनसान हुँदै

दसैँ सकिएसँगै तनहुँका गाउँबस्ती विस्तारै सुनसान हुँदै

इच्छाकामना न्युज

५, कार्तिक २०८१
दसैँ सकिएसँगै तनहुँका गाउँबस्ती विस्तारै सुनसान हुँदै
images

तनहुँ, कात्तिक ५ गते । दसैँ सकिएसँगै तनहुँका गाउँबस्ती विस्तारै सुनसान हुँदै गएका छन् । दसैँ  मनाउन बिदामा गाउँ आएका आआफ्नो कार्यक्षेत्रतिर फर्किएपछि गाउँबस्ती सुनसान देखिएका हुन् । अध्ययन, रोजगार तथा विभिन्न कामले बजार क्षेत्रमा बस्दै आएका दसैँ मनाउन गाउँ आएका थिए । चाडपर्व सकिएलगत्तै गाउँ आएका धमाधम बजार झर्न थालेपछि गाउँ सुनसान बन्न थालेको व्यास नगरपालिका–८ का वडा सदस्य रामप्रसाद मिश्रले बताउनुभयो । 

images
images

मिश्रले भन्नुभयो, “दसैँ मनाउन थातथलोमा फर्किएर आएपछि दसैँभर गाउँघरमा निकै रमाइलो भयो । देश विदेशमा रहेका आफन्तसँग भेटघाट, रमाइलोले दिन बितेको पत्तै भएन । दसैँ सकिएसँगै अधिकांश आआफ्नो कार्यक्षेत्रमा फर्किन थालेसँगै सुनसान भएको छ ।”  

चाडपर्व मनाउन विदेशबाट घर आएका स्थानीय काममा फर्किन सुरु गरिसकेका छन् । उनीहरू फर्किन थालेसँगै गाउँ सुनसान हुन पुगेको व्यास नगरपालिका–६, साँजास्थित रत्नज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक देउराज गुरुङले जानकारी दिनुभयो । पहिला तीन सय घर रहेको गाउँमा हाल ६५ घर मात्रै रहेको त्यहाँ रहेका अधिकांश युवा विदेश रहेकाले सुनसान बनेको गुरुङले बताउनुभयो ।   

images
प्रकाशित मिति :कार्तिक ५, २०८१ सोमवार - ०९:५३:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology