Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

कुशल भुर्तेलको विस्फोटक ब्याटिङमा अमेरिकालाई १७१ रनको लक्ष्य

कुशल भुर्तेलको विस्फोटक ब्याटिङमा अमेरिकालाई १७१ रनको लक्ष्य

images

इच्छाकामना न्युज

४, कार्तिक २०८१
कुशल भुर्तेलको विस्फोटक ब्याटिङमा अमेरिकालाई १७१ रनको लक्ष्य
images

काठमाण्डौ । कुशल भुर्तेलको विष्फोटक ब्याटिङमा अमेरिका भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले दोस्रो टी-२० आई खेलमा घरेलु टोलीसामु १ सय ७१ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

अमेरिकाको डालासस्थित ग्राउन्ड पेरी स्टेडियममा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७० रनको योगफल तयार पारेको हो। 

नेपालका लागि तेस्रो नम्बरमा ब्याटिङमा आएका कुशलले ५४ बलमा ७ चौका र ६ छक्का सहयोगमा सर्वाधिक ९२ रनको योगदान दिए। 
३१ बलमा २ चौका र १ छक्का प्रहार गरेका ओपनर अनिल शाह २५ रनमा पेभेलियन फर्के। 

अर्का ओपनर आशिफ शेख तेस्रो ओभरको चौथो बलमा ४ बलमा १ रन बनाउँदा सौरभ नेत्रवल्करको बलमा एलबीडब्धु धरापमा परे। 

गुल्सन झा १९ र कप्तान रोहित पौडेल १८ रनमा आउट भए। दीपेन्द्र सिंह ऐरी २ रनमा क्याच आउट भए।आशिफ शेख १ रनमा रनआउट भए। 

अमेरिकाका लागि नोतुस र जसदिप सिंहले समान २ विकेट लिए। सौरभले एक विकेट झारे। 

नेपालले पहिलो टी–२० आई खेलमा १७ रनको जित निकालेको थियो। नेपालले आजको खेलमा अघिल्लो खेलको टोलीलाई नै निरन्तरता दिएको छ। 

तीन खेलको सिरिजमा नेपाल आजको खेलमा अमेरिकालाई हराउँदै एक खेल अगावै सिरिज आफ्नो पक्षमा पार्न चाहान्छ। उता अमेरिका भने पहिलो जित निकाल्दै सिरिज बराबरी गर्ने योजनामा छ।

images
प्रकाशित मिति :कार्तिक ४, २०८१ आइतवार - ०७:५७:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology