Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

फोन नम्बर सेभ नगरिकनै ह्वाट्सएपमा यसरी पठाउन सकिन्छ मेसेज

फोन नम्बर सेभ नगरिकनै ह्वाट्सएपमा यसरी पठाउन सकिन्छ मेसेज

एजेन्सी

२१, आश्विन २०८१
फोन नम्बर सेभ नगरिकनै ह्वाट्सएपमा यसरी पठाउन सकिन्छ मेसेज
images

व्यक्तिगत तथा व्यवसायिक सन्देश प्रवाहका लागि उपयोग गरिने मेसेजिङ एपमध्ये ह्वाट्सएप सबैभन्दा लोकप्रिय माध्यमको रुपमा विश्वभर नै प्रयोगमा रहेको छ ।

images
images

ह्वाट्सएपमा कसैलाई मेसेज पठाउनु पर्दा सुरुमा उसको फोन नम्बर सेभ गर्नु एउटा सामान्य अभ्यास हो । तथापि केही त्यस्ता तरिकाहरू छन् जसलाई अपनाउनुभयो भने तपाईंले मोबाइलमा फोन नम्बर नै सेभ नगरिकन ह्वाट्सएप मेसेज पठाउन सक्नुहुन्छ । त्यसमध्ये ३ वटा तरिका यी हुन् :

१. टेक्स्ट मेसेज सिधै ह्वाट्सएप मार्फत् सिधै पठाउने

टेक्स्ट मेसेज पठाउँदा फोनको मेसेज एपको साटो ह्वाट्सएप एप को प्रयोग गर्नु सबैभन्दा सजिलो उपाय हो । यसका लागि :

  • आफूले मेसेज पठाउन चाहेको प्रापकको मोबाइल नम्बर कपी गर्नुहोस्
  • ह्वाट्सएप खोल्नुहोस् र New chat बटनमा क्लिक गर्नुहोस्
  • त्यहाँ देखिने contact list मा आफ्नै नाम खोज्नुहोस्
  • त्यसपछि आफुले सुरुमा कपी गरेको नम्बर च्याटको टेक्स्ट बक्समा पेस्ट गर्नुहोस् र आफूलाई उक्त च्याट पठाउनुहोस्
  • फोन नम्बर आफैंलाई च्याटमा पठाएसँगै तपाईंको इनबक्समा प्राप्त उक्त मेसेजमा रहेको फोन नम्बरमा ट्याप गर्नुहोस्
  • सो नम्बर ह्वाट्सएपमा दर्ता भए नभएको हेर्नुहोस् । यदि प्रापकले सो नम्बरबाट ह्वाट्सएप चलाउने गरेको भए ऊसँग वार्तालाप सुरु गर्ने विकल्प देखा पर्दछ ।
  • त्यसपछि मेसेज पठाउनका लागि Chat with….अप्सनमा ट्याप गर्नुहोस् र मेसेज गर्नुहोस् ।

यो तरिकाले ह्वाट्सएप एप्लिकेसन भित्र राम्रोसँग काम गर्दछ र नम्बर सेभ नगरिकनै मेसेज गर्ने प्रभावकारी विधि पनि हो ।

२. ब्राउजरमा वेबलिंकको प्रयोग गरेर

फोन नम्बर सेभ नगरिकनै ह्वाट्सएपमा कसैलाई मेसेज गर्नका लागि अर्को एउटा प्रभावकारी विधि भनेको विशेष वेबलिंकको सिर्जना गर्नु हो । यसले मोबाइल र डेस्कटप दुबैमा काम गर्दछ । यसका लागि :

  • आफ्नो डिभाइसमा कुनै वेब ब्राउजर खोल्नुहोस् ।
  • ब्राउजरको एड्रेसबारमा https://wa.me/[PhoneNumber] युआरएल टाइप गर्नुहोस् र यसमा आफ्नो फोन नम्बरको साटो तपाइँले मेसेज पठाउन चाहेको फोन नम्बर लेख्नुहोस् । त्यसरी मोबाइल नम्बर लेख्दा कन्ट्री कोडसहितको पूरा मोबाइल नम्बर लेख्नुपर्छ। उदाहरणका लागि यदि तपाईंले नेपालकै कुनै व्यक्तिलाई मेसेज गर्दै हुनुहुन्छ भने वेबलिंक यस्तो लेख्नुपर्छ : https://wa.me/97798….
  • त्यसपछि लिंक खोल्नका लागि Enter वा Go to थिच्नुहोस् । त्यसपछि ह्वाट्सएपले सो नम्बरका लागि एउटा च्याट विन्डो खोल्नेछ
  • त्यसपछि continue to chat मा क्लिक गर्नुहोस् र ह्वाट्सएप च्याट इन्टरफेस खुल्नेछ। अब तपाईंले उक्त व्यक्तिलाई ह्वाट्सएपमा मेसेज गर्न सक्नुहुन्छ।

३. ट्रुकल एपको प्रयोग गरेर

फोनकर्ताहरुको पहिचानका लागि व्यापक रुपमा प्रयोग गरिने ट्रुकलर एपमा ह्वाट्सएप मार्फत् मेसेज पठाउन सकिने बिल्टइन फिचर हुन्छ र यसो गर्दा उक्त फोन नम्बर सेभ गर्नु पर्दैन। यसका लागि :

  • ट्रुकलर एप खोल्नुहोस् र मेसेज पठाउन चाहेको नम्बर खोज्नुहोस्
  • फोन नम्बरको विवरण देखिएसँगै सो नम्बरको छेउँमा रहेको ह्वाट्सएप आइकन फेला पार्नका लागि तल स्क्रोल गर्नुहोस्
  • सो ह्वाट्सएप आइकनमा क्लिक गर्नुहोस्, जसले उक्त नम्बरका लागि नयाँ ह्वाट्सएप च्याट विन्डो खोल्नेछ । तपाईंले त्यहाँबाट ह्वाट्सएपमा मेसेज पठाउन सक्नुहुनछ । आफ्नो फोनमा ट्रुकलर प्रयोग गरिरहेका व्यक्तिहरुका लागि यो विधि निकै सजिलो र उपयुक्त हुनेछ।

 

images
प्रकाशित मिति :आश्विन २१, २०८१ सोमवार - ०८:५८:५५ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology