Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

वनलाई आयअर्जनसँग जोड्न बागमती सरकारले आवश्यक सहयोग गर्छ : मन्त्री कृष्ण सिलवाल

वनलाई आयअर्जनसँग जोड्न बागमती सरकारले आवश्यक सहयोग गर्छ : मन्त्री कृष्ण सिलवाल

इच्छाकामना न्युज

१९, आश्विन २०८१
वनलाई आयअर्जनसँग जोड्न बागमती सरकारले आवश्यक सहयोग गर्छ : मन्त्री कृष्ण सिलवाल
images

कुरिनटार । बागमती सरकारका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले वनलाई आयआर्जनमा जोड्नुपर्नेमा जोड दिनुभएको छ । शुक्रबार कुरिनटारमा नवनिर्मित इच्छाकामना सव डिभिजन कार्यालय भवनको उद्घाटन गर्नुहुदैँ मन्त्री सिलवालले बनलाई संरक्षणसगैँ आयआर्जनको माध्यम बनाउनुपर्ने बताउनुभएको हो । 

images
images

यहाँका रुख विरुवा तथा जडीबुटीलाई कानुन विधि पुर्‍याएर सही सदुपयोग गरेर आम्दानीको स्रोत बनाउनुपर्ने उहाँको भनाई छ । यस इच्छाकामना सव डिभिजनलाई वन उपभोक्ता र कबुलियती वनमा आवद्ध रहेकाहरुका लागि आयर्जनका कार्यक्रम ल्याउन आग्रह गर्दै उहाँले वन मन्त्रालयले अवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।  

वनलाई संरक्षणसगैँ आयआर्जनमा जोड्दै आर्थिक पाटो परिवर्तन गराउने माध्यम बनाउन आवश्यक छ, उहाँले भन्नुभयो,‘ त्यसका लागि वन मन्त्रालय आवश्यक सीप तालिम दिन, मेसिन, विउपुँजी उपलब्ध गराउन तयार  छ । ’ भवन निर्माणसगैँ जनताको सेवाका लागि सहज हुने विश्वास  व्यक्त गर्नुभयो ।

images
प्रकाशित मिति :आश्विन १९, २०८१ शनिवार - ०७:२६:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology