Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

सात दिनसम्म कर्मचारीको सरुवा नहुने

सात दिनसम्म कर्मचारीको सरुवा नहुने

images

इच्छाकामना न्युज

१०, आश्विन २०८१
सात दिनसम्म कर्मचारीको सरुवा नहुने
images

काठमाडौँ । कर्मचारी सरुवामा व्यापक बेथिति बढेको गुनासो आउन थालेपछि सरुवालाई पारदर्शी र वैज्ञानिक बनाउन मुख्यसचिव एकनारायण अर्यालको संयोजकत्वमा बसेको सचिवस्तरीय बैठकले मंगलबारदेखि एक साताका लागि कर्मचारी सरुवा रोक्ने निर्णय गरेको छ। यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत भदौ २५ गते सरुवा पारदर्शी र व्यवस्थित गर्न संघीय मामिला मन्त्रालयलाई चिठी पठाएर निर्देशन गरेको थियो।

उक्त चिठीको आधारमा सचिवस्तरीय बैठकले सात दिनभित्र सबै मन्त्रालय/निकाय/कार्यालयले कर्मचारीको दरबन्दी र हाल कार्यरत कर्मचारीको विवरण अद्यावधिक गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाउने गरेको छ। साथै विवरण अद्यावधिक नभएसम्म सेवा समूह सञ्चालन गर्ने मन्त्रालयहरूले कर्मचारीको सरुवा गर्न नपाउने निर्णय पनि गरिएको छ।

बैठकले स्वीकृत संगठन संरचनाअनुसारका दरबन्दीमा कार्यरत सबै कर्मचारीलाई जिम्मेवारी कार्यविवरण प्रदान गरी सात दिनभित्र जिम्मेवारी दिने र कुनै पनि कर्मचारीलाई जिम्मेवारीविहीन नराख्ने निर्णय गरेको छ।

यसैगरी उक्त बैठकले सरुवा भएका कर्मचारीलाई तुरुन्त रमाना दिन सबै मन्त्रालयलाई निर्देशन गरेको छ।

images
प्रकाशित मिति :आश्विन १०, २०८१ बिहिवार - ०९:३६:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology