Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

दुइटा मोटरसाइकल आपसमा ठोक्किँदा दुईजनाको मृत्यु, तीन घाइते

दुइटा मोटरसाइकल आपसमा ठोक्किँदा दुईजनाको मृत्यु, तीन घाइते

इच्छाकामना न्युज

३, आश्विन २०८१
दुइटा मोटरसाइकल आपसमा ठोक्किँदा दुईजनाको मृत्यु, तीन घाइते
images

बाँके । बाँकेमा दुइटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन्।

images
images

बुधबार अपरान्ह साढे ४ बजे राप्तीसोनारी गाउँपालिकाको – ४ स्थित हुलाकी सडक खण्ड अन्तर्गत लालपुरमा चोकमा भे १ प ३९९५ र भे १२  ४८२४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।

जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक यामबहादुर बुढाका अनुसार दुर्घटनामा दुवै मोटरसाइकल चालकको मृत्यु भएको हो।

मृत्यु हुनेमा राप्ती सोनारी गाउँपालिका– ४ का ३७ वर्षीय रामशरण थारू  र राप्ती सोनारी– ३ का १९ वर्षीय बसन्त थारू छन्। उनीहरूको उपचारका क्रममा नेपालगञ्जस्थित नर्सिङ होममा मृत्यु भएको हो।

दुर्घटनामा परी  भे १२ प ३९९५ नम्बरको मोटरसाइकलको पछाडि सवार बर्दिया राजापुर– ४ घर भएर हाल राप्तीसोनारी– ४ धामपुरमा बस्दै आएका  ३१ वर्षीय अजय दहित गम्भीर घाइते छन्। उनको नेपालगञ्जमा उपचार जारी छ।

त्यस्त भे१२ प ४८२४ नम्बरको मोटरसाइकलमा सवार राप्तीसोनारी– ३ खैरेनीका  १६ वर्षीय सङ्गीत थारू र राप्ती सोनारी– ३  खैरेनीका २१ वर्षीय सञ्जय थारू पनि घाइते छन्। उनीहरूको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ। 

images
प्रकाशित मिति :आश्विन ३, २०८१ बिहिवार - ०८:०९:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology