Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

चितवनको सेन्ट्रल मोडल कलेजले दुई करोड बराबरको छात्रवृत्ति दिने

चितवनको सेन्ट्रल मोडल कलेजले दुई करोड बराबरको छात्रवृत्ति दिने

images

इच्छाकामना न्युज

२५, भाद्र २०८१
चितवनको सेन्ट्रल मोडल कलेजले दुई करोड बराबरको छात्रवृत्ति दिने
images

चितवन । सेन्ट्रल मोडल कलेजले उच्चशिक्षाको पहुँचलाई थप प्रवर्द्धन गर्न दुई करोड रुपैयाँ बराबरको छात्रवृत्ति कार्यक्रम घोषणा गरेको छ । यस छात्रवृत्तिले विभिन्न क्षेत्रका मेधावी विद्यार्थीलाई आर्थिक समस्या बिना नै उत्कृष्ट उच्चशिक्षा हासिल गर्ने अवसर प्राप्त हुने कलेजका अध्यक्ष यज्ञ बिलास(वाईबी) पौडेलले जानकारी दिनुभयो ।

सेन्ट्रल मोडल कलेजले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको छ । कलेजले व्याचलर अफ इन्फरमेशन म्यानेजमेन्ट (बिआईएम) र व्याचलर अफ होटल म्यानेजमेन्ट (बिएचएम) कार्यक्रम सञ्चालन गर्दै छ ।

कलेजले सञ्चालन गरेको शैक्षिक कार्यक्रमले सूचना प्रविधि र होटल व्यवस्थापनको क्षेत्रमा विद्यार्थीहरूलाई विशेषज्ञ बनाउने उहाँले बताउनुभयो । यी कार्यक्रमहरूलाई सफलतापूर्वक सञ्चालन गर्न कलेजले आधुनिक प्रविधिमा आधारित कक्षाहरू सञ्चालन गरिरहेको छ। ‘यसले विद्यार्थीहरूलाई दक्षता विकासमा मात्र नभई उनीहरूलाई व्यवहारिक ज्ञान र सीपहरू प्रदान गर्न मद्दत गर्नेछ’, उहाँले भन्नुभयो ।

सेन्ट्रल मोडल कलेजले ‘पढ्दै कमाउँदै’ अवधारणा अपनाएको छ । यसले विद्यार्थीलाई आर्थिक रुपले सक्षम हुने अवसर समेत प्रदान गर्ने पौडेलले बताउनुभयो । ‘विद्यार्थीहरूले पढाईको साथसाथै व्यवसायिक अनुभव पनि लिनेछन्, जुन उनीहरूको भविष्यका लागि अत्यन्तै महत्त्वपूर्ण हुनेछ’, उहाँले भन्नुभयो ।

सेन्ट्रल मोडल कलेजका प्रिन्सिपल डा. टीआर चालिसेका अनुसार कलेजको उद्देश्य केवल शैक्षिक प्रमाणपत्र दिने मात्र नभई विद्यार्थीहरूलाई हरेक क्षेत्रको प्रतिस्पर्धामा उत्रिन योग्य बनाउनु हो। यो कलेजको शैक्षिक दृष्टिकोण विद्यार्थीहरूलाई विशुद्ध अध्ययन मात्र नभई, उनीहरूको सर्वाङ्गीण विकासमा ध्यान दिने रहेको उहाँले बताउनुभयो । कलेजले चितवनमा मात्र नभई देशभर नै नयाँ शिक्षा प्रणालीको विकास गर्ने उहाँको भनाई छ ।

images
प्रकाशित मिति :भाद्र २५, २०८१ मंगलवार - २०:५४:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology