Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

धुनिबेसीको पहिरो हटाएपछि मुग्लिङ–काठमाण्डौ सडक दुईतर्फी सञ्चालनमा

धुनिबेसीको पहिरो हटाएपछि मुग्लिङ–काठमाण्डौ सडक दुईतर्फी सञ्चालनमा

images

इच्छाकामना न्युज

२५, भाद्र २०८१
धुनिबेसीको पहिरो हटाएपछि मुग्लिङ–काठमाण्डौ सडक दुईतर्फी सञ्चालनमा
images

काठमाडौं । पहिरो पन्छाइएसँगै काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगामा दुईतर्फी सवारी सञ्चालनमा आएको छ।

धादिङको धुनिबेसी नगरपालिका–९ मा सोमबार साँझ लेदोसहितको पहिरो खसेर अवरूद्ध भएको पृथ्वी राजमार्ग मंगलबार बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको प्रहरी प्रभाग नागढुंगाका प्रहरी निरीक्षक हेम थपलियाले जानकारी दिए।

दुईवटा एक्सकाभेटर प्रयोग गरी बिहान ३ बजे पहिरो पन्छाएको उनले बताए। पहिरो पन्छाउन करिब पाँच घण्टा लागेको थियो। साँझ ६ बजेदेखि बाटो दुईतर्फी नै अवरूद्ध हुँदा धादिङ र काठमाडौंतर्फ सवारी साधनको लामो लाइन लागेको थियो।

images
प्रकाशित मिति :भाद्र २५, २०८१ मंगलवार - ०७:५४:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology