Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

हंगेरीमाथि जर्मनीको एकतर्फी जीत

हंगेरीमाथि जर्मनीको एकतर्फी जीत

images

एजेन्सी

२३, भाद्र २०८१
हंगेरीमाथि जर्मनीको एकतर्फी जीत
images

यूईएफए नेसन्स लिग फुटबलमा जर्मनीले शानदार जीत दर्ता गरेको छ । शनिबार राति भएको खेलमा जर्मनीले हंगेरीमाथि ५–० गोल अन्तरको एकतर्फी जीत दर्ता गरेको हो ।

समूह ३ मा रहेको जर्मनीको जीतमा निकलस फुलक्रग, जमाल मुसिएला, फ्लोरियन विट्ज, एलेक्जेन्डर पाभलोभिक र केइ हार्भाटेजले एक एक गोल गरेका थिए । खेलको २७ औँ मिनेटमा जमाल मुसिएलाको क्रसपासमा निकलस फुलक्रगले गोल गर्दै अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १ गोल गरेको जर्मनीले दोस्रो हाफमा अरू ४ गोल थपेको थियो । ५७ औँ मिनेटमा विट्जको पासमा मुसिएलाले गोल गर्दै अग्रता दोब्बर बनाए । अधिकांश समय हंगेरीमाथि दबाब बनाएको जर्मनीले तेस्रो गोल ६६ औँ मिनेटमा गरेको थियो ।

मुसिएलाको पासमा विट्जले डीबक्सभित्रबाट उत्कृष्ट गोल गरेका थिए । ७७ औँ मिनेटमा मुसिएलाकै पासमा एलेक्जेन्डर पाभलोभिकले गोल गरेपछि जर्मनी ४–० ले अघि बढेको थियो ।

८१ औँ मिनेटमा हंगेरीका विली ओर्वानले हार्भाटेजलाई डी बक्सभित्र फल गरेपछि पाएको पेनाल्टीलाई उनैले गोलमा परिणत गर्दै जर्मनीलाई ५–० को जीत दिलाए ।

यही समूहमा रहेको नेदरल्याण्ड्सले बोस्निया हर्ज गोभिनालाई ५–२ गोल अन्तरले पराजित गरेको छ ।

images
प्रकाशित मिति :भाद्र २३, २०८१ आइतवार - ०९:२९:५३ बजे

एजेन्सी

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology