Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

काठमाण्डौको कलंकीमा मोटरसाइकलले ठक्कर दिँदा लडेको स्कुटरलाई बसले चेप्यो, चालकको मृत्यु

काठमाण्डौको कलंकीमा मोटरसाइकलले ठक्कर दिँदा लडेको स्कुटरलाई बसले चेप्यो, चालकको मृत्यु

इच्छाकामना न्युज

१५, भाद्र २०८१
काठमाण्डौको कलंकीमा मोटरसाइकलले ठक्कर दिँदा लडेको स्कुटरलाई बसले चेप्यो, चालकको मृत्यु
images

काठमाडौं । काठमाडौंको कलंकीमा अनियन्त्रित भएर सडकमा लडेको स्कुटरलाई बसले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ। शनिबार बिहान सवा १० बजे कलंकीस्थित मकालु पेट्रोल पम्पनजिक बा ९५ प ७६३५ नम्बरको स्कुटर अनियन्त्रित भएर सडकमा लडेपछि पछाडिबाट आएको बसले चेप्दा स्कुटर चालकको मृत्यु भएको हो।

images
images

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार मृत्यु हुनेमा स्कुटर चालक पाल्पा घर भई काठमाडौं बस्दै आएका विष्णु बहादुर मगर छन्। एसपी अधिकारीका अनुसार दुर्घटनाबाट गम्भीर घाइते भएका स्कुटर चालकलाई उपचारका लागि कलंकीकै नेशनल अस्पताल लगिएकोमा बिहान साढे १० बजे उनको मृत्यु भएको हो।

प्रारम्भिक अनुसन्धानबाट मोटरसाइकलको ठक्करपछि स्कुटर अनियन्त्रित भएर सडकमा लडेको र पछाडिबाट बसले किचेको जस्तो देखिने एसपी अधिकारीले जानकरी दिए। मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएपनि त्यसका चालक भने फरार रहेको उनले बताए।

प्रमाणीत भइनसकेका कारण प्रहरीले ठक्कर दिएको भनिएको मोटरसाइकल र बसको नम्बर सार्वजनिक गरेको छैन। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको पनि एसपी अधिकारीले जानकारी दिए।

images
प्रकाशित मिति :भाद्र १५, २०८१ शनिवार - १९:०९:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology