Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आज मन्त्रिपरिषद् बैठक बस्दै, टिकटकमाथिको प्रतिबन्ध हटाइने

आज मन्त्रिपरिषद् बैठक बस्दै, टिकटकमाथिको प्रतिबन्ध हटाइने

इच्छाकामना न्युज

६, भाद्र २०८१
आज मन्त्रिपरिषद् बैठक बस्दै, टिकटकमाथिको प्रतिबन्ध हटाइने
images

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ। आज अपराह्न ५ बजे बस्ने मन्त्रिपरिषद्‌ बैठकले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गर्न लागेको हो।

images
images

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले हिजो मन्त्रिस्तरीय निर्णय गरेर टिकटक खोल्ने प्रस्ताव आजको मन्त्रिपरिषद् बैठकमा पेश गर्ने बताएका छन् । प्रतिबन्ध हटाउनेबारे प्रधानमन्त्री केपी शर्मा ओलीले पनि चासो राख्दै त्यसबारे आवश्यक छलफल गर्न सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङलाई निर्देशन दिएका थिए।

टिकटकले सञ्चारमन्त्री गुरुङलाई सम्बोधन गरेर प्रतिबन्ध फुकुवा गरिदिन अनुरोध गर्दै पत्र लेखेको थियो।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सामाजिक सद्भाव र वातावरणमा खलल पुर्‍याउन भूमिका खेलेको भन्दै गत वर्षको कातिक २७ गते नेपालमा उक्त एपमाथि प्रतिबन्ध लगाएको थियो।

नेपाल सरकारले प्रतिबन्ध लगाएको भए पनि भीपीएन प्रयोग गरेर धेरै प्रयोगकर्ताहरूले टिकटक चलाइरहेका छन्। अहिले टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्सले प्रतिबन्ध फुकुवा गरिदिन र आफू नेपालको कानुनबमोजिम टिकटक सञ्चालन गर्न तयार रहेको भन्दै पछिल्लो पत्र सञ्चार मन्त्रालयमा बुझाएको थियो।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार प्रतिबन्धपछि त्यसलाई हटाउन टिकटकले हालसम्म कैयौँ पत्रहरू पठाइसकेको छ।

उसले नेपालका विद्यमान तथा नेपाल सरकारले तोकेका सबैखाले नीति, नियम, निर्देशिका र कार्यविधिहरू पूर्ण रूपमा पालन गर्ने भनेर पत्र पठाएकोले सरकारले टिकटक खोल्न सकारात्मक बनेको प्रवक्ता ठाकुरले बताए। यद्यपि मन्त्रिपरिषद्‌बाट टिकटकमाथि प्रतिबन्ध गरिएकाले खोल्ने नखोल्ने अधिकार मन्त्रिपरिषद्कै भएको उनको भनाइ छ ।

images
प्रकाशित मिति :भाद्र ६, २०८१ बिहिवार - ०९:३८:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology