Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सर्वाधिक धेरै ४ हजार ३६४ जनामा कोरोना सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सर्वाधिक धेरै ४ हजार ३६४ जनामा कोरोना सङ्क्रमण पुष्टि

इच्छाकामना न्युज

२२, आश्विन २०७७
पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सर्वाधिक धेरै ४ हजार ३६४ जनामा कोरोना सङ्क्रमण पुष्टि
images

काठमाण्डौं, २२ असोज
नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ६४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। यो संक्रमित संख्या अहिलेसम्म कै सर्वाधिक धेरै हो  १८ हजार चार सय ७३ जनाको नमुना परीक्षण गर्दा चार हजार तीन सय ६४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।योसँगै कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ९८ हजार ६ सय १७ पुगेको छ।
त्यस्तै गएको २४ घण्टामा दुई हजार ६ सय ७५ जना निको भएर फर्किएका छन्। योसँगै डिस्चार्ज हुनेको सङ्ख्या ७१ हजार तीन सय ४३ पुगेको छ।  
हाल नेपालमा २६ हजार ६ सय ८४ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् भने चार हजार चार सय ६० जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ। यस्तै गएको २४ घण्टामा १२ जना कोरोना संक्रमितको ज्यान गएको छ। योसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या पाँच सय ९० पुगेको मन्त्रालयले जनाएको छ। 

images
images

images
प्रकाशित मिति :आश्विन २२, २०७७ बिहिवार - १७:०९:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology